सिरहा, २०७६ मंसिर २३ । सिरहाकाे लक्ष्मीपुर पतारी गाउँपालिकाको भवनमा तोडफोड गरेपछि नियन्त्रणमा लिन प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेकाे छ । गाउँपालिकामा व्यापक अनियमिता भएको भन्दै विरोधमा स्थानीयले कार्यालय तोडफोड गरेका हुन् ।
गाउँपालिकाले बजेटमा गाउँपालिकाका अध्यक्ष र प्रशासकीय अधिकृत अनियमितता गरेको भन्दै हिसाव पारदर्शीताको माग गर्दै एक साताभन्दा बढी समयदेखि स्थानीय आन्दोलनरत छन् ।
जुलुससहित गाउँपालिका भवन घेराउ गर्ने क्रममा प्रहरीले लाठीचार्ज गरेपछि आफूहरू तोडफोडमा उत्रिएको आन्दोलनकारीहरूले बताएका छन् ।
प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा दर्जनबढी आन्दोलनकारी घाइते भएका छन् भने केही प्रहरी पनि घाइते छन् ।





























प्रतिक्रिया