जापानी नागरिकहरूको संस्थाकाे अध्यक्षमा नेपाली !

जापानी नागरिकहरूको संस्थाकाे अध्यक्षमा नेपाली !

केन्द्रबिन्दु
0
Shares

नेपालको वेसबल खेल विकास गर्न २० वर्षदेखि सहयोग गर्दै आएको जापानी नागरिकहरूकाे संस्थामा नेपाली नागरिक अध्यक्ष चयन भएका छन् ।

जापानी नागरिकहरूको गैर सरकारी संस्था क्लब लालीगुराँसको २० औं साधारण सभाले नेपालका ईश्वर थापालाई अध्यक्ष चयन गरेको हो । यसअघि क्लबका उपाध्यक्ष रहेका पोखराका थापा जापानको व्यावसायिक वेसबल क्लब ‘जेरो सिक्स् बुल्स्’ बाट खेल्ने पहिलो नेपाली समेत हुन् । यस्तै, क्लबको साधाराणसभाले उपाध्यक्षमा २ जना जापानी तथा सञ्चालक समितिमा ४ जना नेपाली र १० जना जापानी नागरिक चयन गरेको छ ।

नेपालको तर्फबाट सञ्चालक समितिमा भक्तपुरका रोशन थापा, पोखराका नवराज भुजेल र जापानमा रोजगारी गरीरहेका अर्जुन श्रेष्ठ र अमृत पोखरेल छन् । थापा भक्तपुर राईजिङ्ग स्टार्सका अध्यक्ष तथा कारोबार दैनिकका पत्रकार हुन भने भुजेल पोखरा वेसबल क्लबका कोषाध्यक्ष हुन् । क्लबको सल्लाकारमा २० वर्षदेखि क्लबको अध्यक्ष रहेका योही कोयावासी र श्रीलंकन नागरिक चयन भएका छन् ।

२१ वर्ष अघि नेपाल घुम्न आएका जापानका केही विद्यार्थीहरुले पहिलो पटक पोखरा शहरमा वेसबल खेलको सुरुवात गर्दै यस खेलको विकास र विस्तार गर्न संस्था स्थापना गरेका थिए । हाल संस्थाले जापानमा बसेर नेपाललाई खेल साम्रागीहरु उपलब्ध गराउदै आएको छ भने संस्कृति आदान प्रदान कार्यक्रम अन्तर्गत नेपालका खेलाडीलाई जापानमा तालीम उपलब्ध गराउन सहयोग गर्दै आएको छ ।

वेसबलको खेल साम्रागी निकै महंगो पर्ने गर्छ भने खेल साम्रागी नेपाली बजारमा उपलब्ध छैन्न ।

Logo