रौतहट, २०७६ मंसिर २२ । आफ्नै स्टाफलाई बलात्कार गरेको अभियोगमा एक स्वास्थ्य चौकी प्रमुख पक्राउ परेका छन्।
रौतहटको सरुअठा स्वास्थ्य चौकी प्रमुख सुधिरकुमार सिंहलाई रौतहट प्रहरीले पक्राउ गरेको हो। कात्तिक १७ गते सिंहले स्वास्थ्य चौकीमै कार्यरत एक महिलालाई गौर बजार घुमाउन लगेर उनले स्वास्थ्य चौकी सरुअठामा ल्याई ती पीडितलाई बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको रौतहटका डिएसपी नवीन कार्कीले जानकारी दिए।
पक्राउ परेका सिंहमाथि बलात्कार कसुरमा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।





























प्रतिक्रिया