दोलखाका डीएसपी पनि तानिए

दोलखाका डीएसपी पनि तानिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं २०७६ मंसिर २१ । घुसकाण्डमा मुछिएका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालसँगै जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी मानबहादुर राईलाई पनि  दोलखाबाट हटाइएको छ ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता विश्‍वराज पोखरेलका अनुसार डीएसपी मानबहादुर राईलाई जिल्ला प्रहरी कार्यालय माेरङ सरुवा गरिएकाे छ । घुसकाण्डमा डीएसपीकाे नाम मुछिएकाे थिएन नि किन सरुवा गरिएकाे ? भन्ने प्रश्नमा यस विषयमा आफूलाई जानकारी नभएकाे प्रवक्ता पोखरेलले बताए ।

प्रहरी प्रधान कार्यालयले राईको ठाउँमा डीएसपी रेवतीरमण पोखरेललाई दोलखामा काज सरुवा गरेको छ ।

Logo