बलात्कार आरोपमा ‘जगत गुरु कृष्णदासजी महाराज’ पक्राउ

बलात्कार आरोपमा ‘जगत गुरु कृष्णदासजी महाराज’ पक्राउ

केन्द्रबिन्दु
0
Shares

बलात्कार आरोपमा जगत गुरु कृष्णदासजी महाराज भनिने कृष्णदास गिरी पक्राउ परेका छन् । सुनसरीको चतरास्थित आफ्नो आश्रमबाट उनलाई प्रहरीले पक्राउ गरेको हो।

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा बलात्कार प्रयासको आरोप लागेको छ । महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी हुन् ।

सुनसरी प्रहरीले उजुरी लिन नमानेपछि  पीडित महिलाले महानगरीय प्रहरी परिसर काठमाडौं हुँदै केन्द्रीय अनुसन्धान व्यूरोमा उजुरी दिएकी थिइन् । व्यूरोले उक्त निबेदन सुनसरी प्रहरी कार्यालयमै पठाएपछि उनीमाथि अनुसन्धान अघि बढेको हो।

उनीमाथि गत कार्तिक ४ गते आफ्नै अनुयायीको बलात्कार प्रयास गरेको आरोप लागेको छ। उनको नागरिकताको प्रमाणपत्रसमेत झुठो र दोहोरो भएको आरोप लाग्दै आएको छ ।

Skip This
Skip This
Logo