सरकारी छाप किर्ते मुद्दामा कारागार चलान

सरकारी छाप किर्ते मुद्दामा कारागार चलान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सरकारी छाप किर्ते मुद्दामा फरार रहेका व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरी कारागार चलान गरेको छ । ब्यूरोको टोलीले विभिन्न सरकारी कार्यालयको छाप र हस्ताक्षर नक्कली बनाएका चितवन कल्याणपुरका २६ वर्षीय छविलाल तामाङलाई शुक्रबार रातोपुलबाट पक्राउ गरी आइतबार जेल चलान गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले यातायात व्यवस्था कार्यालय वीरगञ्जको छाप र शाखा अधिकृतको दस्तखत किर्ते गरी मोटरसाइकल नम्बर र ब्लुबुक नक्कली बनाएको आरोपमा तामाङलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ तामाङलाई किर्ते मुद्दामा काठमाडौँ जिल्ला अदालतमा एक वर्षको कैद सजाय फैसला भएकाले अदालतको आदेशअनुसार कैद भुक्तानीका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको ब्यूरोले जनाएको छ ।

Logo