जबर्जस्ती करणी अभियोगमा ८० वर्षिय वृद्ध पक्राउ

जबर्जस्ती करणी अभियोगमा ८० वर्षिय वृद्ध पक्राउ

केन्द्रबिन्दु
0
Shares

चितवन,
जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले एक वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२९ निवासी ८० वर्षीय दिलबहादुर गुरुङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाका अनुसार दिलबहादुरले ६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो । पक्राउ परेका गुरुङको विषयमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

Logo