कहाँ हराए आश्रयस्थलबाट ९ शिशु ?

कहाँ हराए आश्रयस्थलबाट ९ शिशु ?

केन्द्रबिन्दु
0
Shares

ललितपुर,

गोदावरी ३ टौखेलस्थित एउटा आकर्षक भवनमा छ– ‘भ्रुणको आवाज’। नाम जस्तै यो गैरसरकारी संस्थाले बलात्कार लगायत घटनाबाट इच्छाविपरीत गर्भवती भएका महिलालाई आश्रय दिन्छ। प्रसूतिमा रेखदेख गर्छ। त्यसपछि शिशु आफूले राखेर महिलालाई फिर्ता पठाइदिन्छ।

तर, ती शिशु बढ्ने क्रमसँगसँगै त्यहाँबाट गायब हुन्छन्। कहाँ लगिइन्छन् त ती ? हराएका तिनै ९ बालबालिकाबारे सरकारले ३ महिनादेखि अनुसन्धान गरिरहेको छ।

कसैले उजुरी गरेपछि प्रहरीले गोप्य रुपमा अनुसन्धान गरेको थियो । अनुसन्धान जिल्ला प्रसाशन कार्यालयमा प्रतिबेदन पेस गरेको हो। त्यसलाई गृह मन्त्रालयमा पठाएको जिल्ला प्रशासनले जनाएको छ। गोप्य अनुसन्धान भनिएको उक्त प्रतिवेदन अनुसार ९ बालबालिकालाई ‘स्थापित परिवारमा हस्तान्तरण गरेको’ विवरण संस्थाले पेस गरेको देखिएको छ।

भुसाल नेतृत्वको टोली अनुसन्धान गर्न दसैंअघि संस्थामा पुगेको थियो । त्यति बेला संस्थाका कर्मचारीले ती बालबालिका ‘योग्य परिवारमा दिइएको’ भने पनि कागजातपत्र नदेखाएको भुसालले जानकारी दिए। ‘संस्थाको भवन भव्य र व्यवस्थित रहेछ’, उनले भने, ‘भौतिक सुविधा राम्रो भए पनि आफैं बालबालिका हस्तान्तरण गर्नु कतिसम्म कानुनी वा गैरकानुनी हो भन्ने प्रश्न छ। सबै तथ्य अहिले नै भन्न मिल्दैन।’

‘भ्रुणको आवाज’ मा १० किशोरी तथा महिलाले बच्चा जन्माएको उक्त संस्थाका कार्यकारी निर्देशक सोमन राईले बताए। ‘ती मध्ये एकको मृत्यु भयो। अन्य ९ जनालाई आमाले नै योग्य परिवारमा हस्तान्तरण गरेका हुन्’, दाबी उनले गरे।

अनुसन्धानले भने संस्थाले आफूखुसी बालबालिका दिएको पाएको छ। बालबालिका कसैलाई दिन पाउने कानुनी प्रावधान छैन। बच्चा स्थापित परिवारमा दिँदा ‘मध्यस्थता’को भूमिका खेल्ने संस्थाको विधानमा लेखिएको छ। तर, कानुनी रूपमा मध्यस्थताको भूमिका जिल्ला प्रशासन कार्यालयले मात्रै निर्वाह गर्ने जानकारी आफूले पाएको उनले स्वीकार गरे।
अन्नपूर्णबाट

Logo