दाङ,
प्रहरीले दाङबाट प्रतिबन्धित विप्लव माओवादीका एक कार्यकर्ता पक्राउ गरेको छ ।
दाङको बबई गाउँपालिका –५ ट्वाङखोलाबाट प्रदेश ३–०२००७ प १२०४ नम्बरको मोटरसाइकलसहित लुकीछिपि हिँडिरहेको अवस्थामा विप्लव समूहका एरिया इञ्चार्ज ३२ वर्षीय निमबहादुर डाँगी ‘रक्तिम’ पक्राउ परेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलसहित पक्राउ परेका डाँगीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया