नेवाः पत्रकार राष्ट्रिय दबूूले पत्रकारिता र साहित्य क्षेत्रमा विशिष्ट योगदान गरेबापत पाँच जना श्रष्टालाई आज पुरस्कृत गरेको छ । दबूूको तेस्रो महाधिवेशनका अवसरमा आज यहाँ आयोजित समारोहमा काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले उनीहरूलाई पुरस्कार प्रदान गरेका हुन् ।
पुुरस्कृत हुनेमा राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ, रासस सुुनसरी समाचारदाता याम प्रधान, पूर्वराससकर्मी एवं साहित्यकार अमृतलाल श्रेष्ठ, पत्रकार हिमेशरत्न बज्राचार्य र वरिष्ठ पत्रकार एवं साहित्यकार मोहन दुुवाल रहेका छन् । समारोहमा फोटो पत्रकार श्रेष्ठलाई ‘बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कार’ र समाचारदाता प्रधानलाई ‘ज्ञानदेवी स्थापित स्मृति पत्रकारिता’ पुरस्कार प्रदान गरियो । ती दुवै पुरस्कारको राशि जनही रु १० हजार रहेको छ ।
साहित्यकार दुवाललाई रु १० हजार राशिको ‘वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार र पत्रकार बज्राचार्यलाई रु ११ हजार १०० राशिको ‘भिक्षु कुमार काश्यप स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिको थियो । पूर्वराससकर्मी एवं साहित्यकार श्रेष्ठलाई रु २० हजार राशिको ‘ज्ञानदेवी लक्ष्मीप्रभा स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरियो ।
समाचारदाता प्रधान र साहित्यकार श्रेष्ठका पुरस्कार उनीहरूका प्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो । सो अवसरमा महानगरपालिका प्रमुख शाक्यले सत्य तथ्या समाचार सम्प्रेषण गरेर नागरिकलाई ठीक बाटोमा हिँडाउने पत्रकारिता समाजले चाहेको बताए । उनले पत्रकारिता क्षेत्रले सत्य सूूचना प्रवाह गर्न नसक्दा विकास र समृद्धिको विषयमा पनि सहकार्य र समन्वय हुन नदिएको अवस्था रहेको बताए ।
प्रदेशसभा सदस्य जीवन श्रेष्ठले नेवार भनेको जाति नभई भाषा, संस्कृति र पहिचान हो भन्ने पाटोबाट सञ्चार जगत्ले समाजलाई सूचना दिन आवश्यक रहेको बताए । अर्का प्रदेशसभा सदस्य राजेश शाक्यले संविधानको भावनाअनुरुप समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गर्ने हो भने मातृभाषामा शिक्षा अनिवार्य गर्न आवश्यक रहेको धारणा राखे ।
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले भाषिक पत्रकारिताको विकास र विस्तारको लागि काउन्सिलले सहयोग पुु¥याउने बताउँदै नेपाली पत्रकारिता क्षेत्रले सत्य र तथ्यका आधारमा मात्र समाचार सम्प्रेषण गर्नुपर्छ भन्ने पक्षलाई अझै मनन गर्न आवश्यक रहेको बताए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष गजुुरधन राईले भाषा, संस्कृति र समावेशीका मुुद्दालाई स्थापित गर्न महासङ्घले निरन्तर आवाज उठाउँदै आएको बताए । आयोजक संस्था नेवाः पत्रकार राष्ट्रिय दबूूका अध्यक्ष श्रीकृष्ण महर्जनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महासचिव सुनिल महर्जनले दबूले पत्रकारिता र समाज सेवामा पुु¥याउँदै आएको योगदानबारे प्रकाश पारे । दबूूको यो महाधिवेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्वको चयन गर्ने छ ।





























प्रतिक्रिया