बुद्धजन्मस्थल लुम्बिनीमा बिहीबारदेखि अन्तर्राष्ट्रिय त्रिपिटक वाचन शुरु भएको छ ।
अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा प्रदेश पाँच सरकार, शाही थाइ मन्दिर र लुम्बिनी विकास कोषको सहकार्यमा त्रिपिटक वाचन गरिएको हो । अन्तर्राष्ट्रिय जगत्मा बुद्ध जन्मस्थलको थप प्रचारप्रसार गर्ने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले त्रिपिटक बाचन गरिएको हो ।
पोखरेलले त्रिपिटक वाचनले विश्व जगतमा शान्ति, सद्भाव र भातृत्वको सन्देश जाने बताए । भगवान बुद्धद्वारा निर्देशित उपदेश त्रिपिटक सामूहिक रुपमा तीन दिनसम्म पाठ गरिने छ ।
त्रिपिटक वाचनमा नेपाल, भारत, श्रीलंका, म्यानमार, कम्बोडिया, थाइल्याण्ड, चीन, कोरिया, जापान लगायत २५ देशका एक हजार बौद्ध भिक्षुको सहभागिता रहेको छ ।





























प्रतिक्रिया