रोल्पा,
रोल्पाको सुनिल स्मृति गाउँपलिका वडा नं ३ का वडाध्यक्ष जेदवहादुर विष्टको हृदयघातका कारण आज विहान मृत्यु भएको छ ।
शुक्रबार बेलुका खाना खाएर आफ्नो कोठामा सुत्न गएका विष्ट बिहान अबेरसम्म नउठेपछि उनका परिवार कोठामा पुगेर हेर्दा मृत अवस्थामा भेटिएका थिए । उच्च रक्तचाप रहेका उनको हृदयघातका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।
नेपाली काङ्ग्रेसको तर्फबाट गत स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित विष्ट लोकप्रीय समाजसेवीका रुपमा चिनिन्थे ।































प्रतिक्रिया