पाथीभरा क्षेत्रको सामुदायिक वनमा तीन दिनदेखि आगलागी, मन्दिर क्षेत्र जोखिममा

पाथीभरा क्षेत्रको सामुदायिक वनमा तीन दिनदेखि आगलागी, मन्दिर क्षेत्र जोखिममा

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङ ।

प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रका सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । फुङलिङ नगरपालिकास्थित फावाखोलामा पर्ने सिम्बु सामुदायिक वनमा तीन दिनदेखि आगलागी भइरहेको छ ।

आगो नियन्त्रणका लागि आज बिहान सदरमुकामबाट नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली सोही क्षेत्रमा गएको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिए।

यस्तै पाथीभरा क्षेत्रका स्थानीयवासीसमेत आगो नियन्त्रणका लागि आगलागी क्षेत्रमा गएका बताइएको छ ।

नेपालकै शक्तिपीठ मानिने ताप्लेजुङमा अवस्थित पाथीभरा क्षेत्रमा लागेको आगो नियन्त्रण बाहिर हुँदा मन्दिर क्षेत्र नै जोखिममा परेको स्थानियवासीले बताएका छन्।

मन्दिरबाट ३ किलोमिटर तल फावाखोलाको सिम्बु सामुदायिक वनबाट सुरु भएको आगो अहिले मन्दिरतर्फ बढी रहेको छ ।

Logo