काठमाडौं उपत्यकामा आज यस वर्षकै चिसो

काठमाडौं उपत्यकामा आज यस वर्षकै चिसो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज यसवर्षकै चिसो महसुस गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुसार आज बिहान पौने ६ बजे उपत्यकाको न्यूनतम तापक्रम १ दशमलब ३ डिग्री सेल्सियस मापन भएको छ । पुष ३ मा उपत्यकाको तामक्रम १ दशमलब ६ डिग्री सेल्सियस मापन गरिएको थियो।

उपत्यकाको आजको अधिकतम तापक्रम २० डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले अनुमान गरेको छ। अहिले तराईका भू–भागका थोरै स्थानहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ र बाँकी स्थानको मौसम सफा रहेको छ।

Logo