सिन्धुपाल्चोक,
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० स्थित बडहरेबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई इन्द्रावती गाउँपालिकाले जनही २५ हजारका दरले खर्च दिने भएको छ । शुक्रबार विहान दुर्घटना हुँदा १२ जना यात्रीको मृत्यु भएको र ६७ जना भन्दा वढी घाइते भएको जनाउँदै सो गाउँपालिकाले घाइतेको शिघ्र स्वास्थ्यलाभ र मृतक प्रति समवेदना व्यक्त गरेको छ ।
दशैं मनाउन गाउँ गएका यात्रीहरु राजधानी फर्कने क्रममा सो बस दुर्घटना भएको हो । बा २ ख २७१५ नम्बरको सो बस सडकबाट २०० मिटर तल खसेको र बस चालकको समेत मृत्यु भएको थियो ।

केहि घाइतेहरुको अवस्था गम्भिर रहेको र मृतकको संख्या बढ्न सक्ने बताइएको छ । बसमा ८० जना भन्दा धेरै यात्रीहरु चढेका थिए । ओभरलोडकै कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । बस दुर्घटनाको उद्धारका लागि खट्ने स्थानियवासी, प्रहरी लगायत सबैमा गाउँपालिकाले धन्यवाद दिएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ्गले घाइतेहरुको उपचारका लागि आफ्नो तर्फबाट सकेसम्मको सहयोग गर्ने र कुनै कमी हुन नदिने बताउनुभयो ।































प्रतिक्रिया