अर्घाखाँची । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएको छन् । कपिलवस्तुको गोरुसिंगेबाट अर्घाखाँचीको सन्धिखर्क जाँदै गरेको लु१ज ४३२९ नम्बर जिप अर्घाखाँचीको नरपानी रातामाटामा दुर्घटनामा हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा एक जना महिला र दुई जना पुरुष रहेका र उनीहरूको पहिचान भने नखुलेको प्रहरीले जनाएको छ।
जीप ओरालो सडकमा अनियन्त्रित भई सडकदेखि साढे तीनसय मिटर तल खसेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।































प्रतिक्रिया