काठमाडौँ,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घर सम्पन्नको प्रमाणपत्र मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा टोखास्थित लायन्स इन्जिनीयरिङ कन्स्ट्रक्शन एन्ड कन्सल्टेन्सी प्रालिका ओभरसियर प्रशान्त चौधरीलाई पाँच लाख घुससहित नियन्त्रणमा लिएको छ ।
टोखा नगरपालिकाबाट भवन निर्माण सम्पन्न प्रमाणपत्र लिन नगरपालिकाका कर्मचारीलाई मिलाउनका लागि भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा खटिइएको आयोगको टोलीले निज चौधरीलाई घुससहित निजकै कार्यालय परिसरबाट मङ्गलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ ।
दश हजार घुससहित एक जना पक्राउ
घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कास्कीमा कार्यरत सर्वेक्षक सन्तोष भण्डारीलाई पक्राउ गरेको छ ।
जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्यमा विभिन्न बहाना बनाएर सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले पोखरा महानगरपालिका–९ स्थित बुद्धचोक नजिकैबाट मङ्गलबार साँझ भण्डारीलाई १० हजार घुस रकमसहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।





























प्रतिक्रिया