विश्व मुटु दिवसमा अल्का अस्पतालमा ल्याव परीक्षण नि:शुल्क

विश्व मुटु दिवसमा अल्का अस्पतालमा ल्याव परीक्षण नि:शुल्क

केन्द्रबिन्दु
0
Shares

ललितपुर । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले मुटुको उपचारका लागि गरिने विभिन्न ल्याव परीक्षण निशुल्क गर्ने भएको छ ।

विश्व मुटु दिवसका अवसर पारेर अल्का अस्पतालले यही असोज १२ गते इजिसी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण सित्तैमा गर्न लागेको हो । लाइन्स क्लव अफ काठमाडौं अल्का र लियो क्लव अफ काठमाडौं अल्काले यही असोज १२ गते विश्व मुटु दिवस मनाउँदैछन् ।

‘स्वस्थ्य मुटु सुरक्षित भविष्य’ भन्ने नाराका साथ मनाउन लागिएको सो दिवसको अवसर पारेर अस्पताल प्राङ्गणमा सो दिन निःशुल्क स्वास्थ्य शिविर पनि हुदैँछ।

मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा चिकित्सकले सिफारिस गरेका परीक्षणहरु मात्र निशुल्क हुने अल्का अस्पतालका सिइओ दिलिप थापाले बताए।

उनका अनुसार सो दिन अस्पताल परिसरमा हुने निशुल्क शिविरका जाँच गरिएका विरामीहरुलाई १० दिनसम्मका लागि औषधि पनि निशुल्क वितरण गरिनेछ। शिविरमा जाँच गरेकाहरुको १४ दिनसम्म फलो अपमा आउँदा पनि पैसा तिर्नु नपर्ने उनले बताए।

 

Logo