करेन्ट लागेर काभ्रेमा एकजनाको मृत्यु

करेन्ट लागेर काभ्रेमा एकजनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काभ्रे,

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ दाप्चा एक नं पुल नजिकै रहेको पशुपति रोडा ढुङ्गा उद्योगमा काम गर्ने एक जना कामदारको मंगलबार करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार अमलेखगञ्ज घर भएका वर्ष ६८ का पूर्णबहादुर कटुवाल बिहान वेल्डिङ मेशिनमा तार जोड्ने क्रममा करेन्ट लागि घाइते हुनुभएको थियो । उहाँलाई तत्काल धुलिखेल अस्पताल पु¥याइए पनि उपचारको क्रममा मृत्यु भएको हो ।

कटुवाल चार वर्षदेखि सो उद्योगमा इलेक्ट्रिसियनका रुपमा काम गर्दै आउनु भएको थियो । उहाँको शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर १५ भेडा मरे

कैलालीको जानकी गाउँपालिका–९ कटासेमा आज पानीसँगै परेको चट्याङ लागेर १५ भेडा मरेका छन् । पानी पर्न थालेपछि साजको रुखमा ओत लागेको अवस्थामा सोही रुखमा चट्याङ खस्दा भेडा मरेका अमरावती प्रहरी चौकीले जानकारी दिएको छ ।

जानकी गाउँपालिका–९ बक्लौवा शिविरका विपतराम चौधरीका भेडा जङ्गलमा चराउन लगिएको र पानी परेपछि कटासे पुल नजिकै साजको रुखमा भेडा ओत लागेका थिए । भेडा पालेर जीविका चलाएको चौधरीको परिवार सबै भेडा मरेपछि दुःखित छ । “व्यवसाय तथा व्यापारका नामामा यही भेडा पालन गरेको थिएँ”, विपतरामले भन्नुभयो, ‘‘म त बर्बाद भएँ, यही भेडाबाट मेरो घर चलेको थियो ।’’

Skip This
Skip This
Logo