तेस्रो लिंगीहरूले यसरी मनाए तीज (१५ तस्बिरमा)

तेस्रो लिंगीहरूले यसरी मनाए तीज (१५ तस्बिरमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । हिन्दु नारीहरुले हर्षोउल्लासका साथ महान पर्व तीज मनाएका छन् । रातो सारीमा सजिएका नारीहरुले तीजको अवसर पारेर भगवान शिवको पूजाअर्चना गर्दै नाचगान गरेर मनाए । तीजको दिन ब्रत बसे मनले आँटेको पुग्ने विश्वासका साथ देशभरका विभिन्न शिव मन्दिरमा गएर उनीहरूले तीज मनाए ।

तर आमरूपमा हेर्दा फरक समुदायजस्ता देखिने तेस्रो लिंगीहरूले फरक तरिकाले तीज मनाएका छन् । उनीहरूको तीज मनाउने प्रक्रिया पनि विशेष तथा फरक छ ।

तीजको रौनकमा सामान्य नेपाली दिदीबहिनीहरूभन्दा बढी रंगिने तेस्रो लिंगी समुदायका कतिपय सुन्दरी पानी पनि नपिई व्रत बस्छन् । आमनारी अघिल्लो दिन दर खाएर तीजका दिन व्रत बस्छन् भने उनीहरू तीजकै दिन मस्त खाएर नाचगान गर्छन् ।

तेस्रो लिंगीहरू तीज सुरु हुनुभन्दा एक महिना अगावैदेखि ब्युटिपार्लर जाने, स्पा जाने, बुटिक चहार्ने आदि काम गर्छन् । यो चाडमा उनीहरू को भन्दा को कम शैलीमा प्रस्तुत हुन्छन् ।

त्यति मात्र होइन यो अवसरमा कसले कति हेभी लेहेंगा, साडी र एसेसरिज लगाएको छ भन्ने कुरामा प्रतिस्पर्धा नै चल्छ । उनीहरू तीजकै लागि भनेर राता–हरिया पहिरन बनाउने, छड्के तिलहरी किन्ने, चुरा–धागो एवं पोतेको जोहो गर्ने, पार्लर गएर सुन्दर बन्नेजस्ता क्रियाकलापमा पनि निकै समय खर्चिन्छन् ।

यस्ता पर्वका अवसरमा यो समुदाय सामाजिक सेवामा पनि सक्रिय हुन्छ । तीजको अवसर पारेर तेस्रो लिंगीका विभिन्न संघसंस्थाहरूको कार्यक्रमको आयोजना गरेका छन् ।

निल हिरा समाज, यौनिक तथा लैगिंक अल्पसंख्यक महासंघ र क्रुज एड्सले तीज विशेष कार्यक्रमको आयोजना गरेका हुन् । लाजिम्पाटमा आयोजित कार्यक्रममा तेस्रो लिंगीहरूले नाचगान गर्नुका साथै कार्यक्रममा उत्कृष्ठलाई उपहार पनि प्रदान गरिएको थियो ।

 

  

Logo