पशुपतिमा धर्म र कर्म एकसाथ निर्वाह गर्नेहरू (भिडियोमा)

पशुपतिमा धर्म र कर्म एकसाथ निर्वाह गर्नेहरू (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । हिन्दु नारीहरुले पशुपतिनाथ मन्दिरमा आफ्नो महान पर्व तीज हर्षोउल्लासका साथ मनाएका छन् । रातो सारीमा सजिएका नारीहरुले तीजको अवसर पारेर सोमबार बिहानैदेखि पशुपतिनाथको दर्शन गरी पशुपतिनाथ परिसरमा नाचगान गरेका हुन् ।

कामकाजी हुन् वा गृहिणी, हरेक तह र तप्काका नेपाली महिलाहरू यो पर्वको प्रतीक्षामा बसेका हुन्छन् । अध्यात्म, परम्परा एवं मनोरञ्जनको त्रिवेणी हो तीज ।

बहुसंख्यक नेपाली महिलाहरूको खुसी गाँसिएको यो पर्वमा महिला कर्मचारीका लागि सरकारी विदा दिइएको छ । निजामति, शिक्षा, कतिपय निजी संघ संस्थामा काम गर्ने महिलाहरूले यो पर्वको भरपूर मजा लिन्छन् तर कतिपय पेसा त्यस्ता पनि छन् जसमा आबद्ध महिलाहरूले विदा मनाउन पाउँदैनन् । उनीहरूले धर्म र कर्मलाई एकसाथ अगाडि बढाउनुपर्ने हुन्छ ।

विशेषगरी सुरक्षा सेवा, पत्रकारिता, स्वास्थ्य सेवा, सामाजिक सेवा, बैंकिङ आदि क्षेत्रमा क्रियाशील महिलाहरू धर्म र कर्म एकसाथ निर्वाह गर्न बाध्य हुन्छन् । पशुपतिमा अधिकांश महिलाहरू पूजाअर्चना तथा नाचगानमा व्यस्त थिए भने महिला सुरक्षाकर्मी, महिला स्वयमसेवक, महिला पत्रकार लगायतले भने आफ्नो धर्मसँगै कर्मलाई पनि अगाडि बढाएको देखिन्छ ।

Logo