काठमाडौं । बैंकहरूबाट अस्वभाविक रूपमा एकाएक रकम बाहिरिन थालेको थियो । त्यसपछि बैंकहरू सर्तक भए । र प्रहरीलाई खबर गरे । खबर पाएलगत्तै प्रहरीले अनुसन्धान थाल्यो । दरबार मार्गबाट प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गर्यो । नक्कली भिषा कार्डको प्रयोग गरेर नेपला आएका ति चिनियाँको गतिविधि संकास्पद थियो । काठमाडौं प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीको विशेष टोलीले शनिवार दरबारमार्गबाट ति चिनियाँलाई नियन्त्रणमा लिएको थियो ।
नबिल बैंकको एटिएमबाट पक्राउ परेका ति चिनियाँको साथबाट प्रहरीले २० थान नक्कली भिषा कार्ड फेला परे । त्यसपछि प्रहरी झन सर्तक बन्यो । साथै हात्तिसारस्थित माया मनोहर बुटिकको साँचो भेटिएसँगै प्रहरीले सो होटलमा छापा मार्दा अन्य चार जना पनि पक्राउ परे । ति चिनियाँले नविल बैंकको एटिएम ह्याक गरेर पैसा निकालेका थिए ।
नेपालका एटिएमका मुख्य चारवटा स्वीच छ । ती स्वीचको सिस्टममा ह्याकरहरुले मालवेयर पठाएर अट्याक गरे । उनीहरुले भिषा कार्डमा हमला गरे । भिषा कार्डको सिस्टममा मालवेयर पठाएर रकम निकाले ।
चिनियाँ गिरोहले लामो तयारीपछि रकम निकालेको प्रारम्भिक आकलन गरिएको छ । उनीहरु पछिल्लो पटक शुक्रबार नेपाल आएका थिए । तर, त्यस अघि पनि उनीहरु नेपाल आएका थिए । नेपाल आएर सिस्टमको डाटा ह्याक गरेर गएका थिए । ह्याक गरिएको डाटा हेरेर उनीहरुले मालवेयर डेभलप गरे । त्यसलाई ल्याएर एटिएममा आक्रमण गरे ।
उनीहरुले शनिबार राति केही एटिएम बुथबाट रकम निकालेका थिए । उनीहरु आठजना थिए । पाँच जना पक्राउ परे । तीन जना अझै फरार छन् । उनीहरुलाई आइतबार पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ । यो प्रकरणमा एटिएम सेक्टरमा काम गर्ने कर्मचारी संलग्न छन् कि छैनन भन्ने अनुसन्धान भइरहेको महानगरिय प्रहरी परिसरका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।
पत्रकार सम्मेलनमा नेपाल बैंकर्स एसोसिएसनका ज्ञानेन्द्र ढुंगानाका अनुसार उनीहरुले एक करोड ६८ लाख ५४ हजार रुपैयाँ निकालेका छन् । पक्राउ परेका ह्याकरहरुबाट एक करोड २६ लाख रुपैयाँ मात्र बरामद भएको एसएसपी सुवेदीको भनाई छ ।
पक्राउ पर्नेहरूमा लिन जियानमेङ, लुओ जियाली, झु लियाङयाङ, कुइ योनकिङ र चेन बिनबिन रहेका छन् । उनीहरूको साथबाट ११ सय ९१ चिनियाँ युयान, २ सय ५० यूरो, ५ हजार कम्बोडियन मुद्रा, ८० हङकङ डलर बरामद भएको छ भने नक्कली भिषा कार्ड १ सय ३२ थान, सक्कली भिषा कार्ड १७ थान, कार्ड प्रिन्टर मेसिन १ थान, मोबाईल ६ थान, ल्यापटप १ थान, सामसुङको फोन १ थान र डाटा कार्ड १ थान बरामद गरेको छ ।
फरार तीनजना चिनियाँको खोजी भइरहेको प्रहरीले बताएको छ । उनीहरुलाई पक्राउ गर्न रसुवा नाका, त्रिभुवन विमानस्थल तथा अन्य नाकाहरुमा निगरानी बढाइएको छ । ठूलो चिनियाँ गिरोहले नेपालको वित्तीय प्रणालीमाथि आक्रमण गरेपछि नेपाली बैंकिङ क्षेत्रले थप सुरक्षा सावधानी अपनाएका छन् ।































प्रतिक्रिया