काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन प्रस्तोता रवि लामिछाने पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । उनी धरौटीमा रिहा भएसँगै देशभर उनका समर्थकहरूले खुशीयाली मनाउन थालेका छन् ।
यो प्रकरणको केन्द्रबिन्द चितवनका चोक चोकमा खुशीयाली मनाउन उनका समर्थकहरू उत्रिएका छन् । उनीहरूले न्याय मरेको छैन्, जनताका प्यारा रवि दाई जिन्दावाद जस्ता नारा लगाएर एक आपसमा खुशी साटासाट गरिरहेका छन् ।
काठमाडौंमा भने अविर यात्रा निकालिएको छ । नयाँ बानेश्वरमा भेला भएका रविका समर्थकहरूले एकआपसमा अविर दलेर खुशी साटासाट गरेका हुन् । पाँच लाख रुपैयाँ धरौटीमा रिहा भए पनि उनलाई अदालतको अनुमति विना विदेन जान रोक लगाइएको छ । त्यस्तै पुडासैनी प्रकरणबारे कार्यक्रम बनाउन समेत रोक लगाएको छ ।





























प्रतिक्रिया