काठमाडौं । सरकारले ८ जनाको नेपाली नागरिकता रद्द गरेपछि भारत तरंग पैदा भएको छ । साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले ८ जनाको नेपाली नागरिकता खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णय साउन १९ गते सार्वजनिक गरिएको थियो । निर्णय सार्वजनिक भएसँगै भारतमा पनि यसको चर्चा सुरु भएको हो ।
भारतीय मिडियाहरूले विभिन्न व्यक्तिहरूसँग नेपाल सरकारले गरेको निर्णयबारे प्रक्रिया लिएका छन् । उनीहरूले लिएको प्रक्रियामा गम्भीर भएर मात्र नागरिकता रद्द गर्नुपर्ने धारणा राखेका छन् । भारतीय अनलाइन संस्करण टाइम्स अफ इण्डिया, इण्डिया टुडे, द विक इन लगायतका सञ्चारमाध्यमहरूले धारणा लिएका थिए ।
भारतको सरकारी समाचार एजेन्सी पीटीआईले बनाएको समाचार अधिकांश भारतीय मिडियाले प्राथमिकतासाथ सम्प्रेशण गरेका थिए । पीटीआईले नेपालमा नागरिक रद्द गरिएको सम्बन्धमा राष्ट्रिय जनता पार्टी (राजपा) नेताहरूको धारणा लिएको थियो । प्रतिक्रिया दिने क्रममा राजपा नेता राकेश मिश्रले नागरिकता रद्द गर्दा गम्भीर रूपमा छानविन गर्नुपर्ने बताए ।
उनले रद्द गरिएको नागरिकताबारे आशंका समेत व्यक्त गरेका थिए । खुला सीमाका कारण धेरै जसो भारतीयले नेपाली नागरिकता लिने गरेको बेला बेला चर्चामा आउने गरेको छ । रद्द गरिएका सबै जना भारतीय नागरिक भएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
सरकारले झुठो विवरण पेश गरी नेपाली नागरिकता बनाउने अशोक साह, विन्दे महतो, दानादेवी महतो (विन्दे महतोको पत्नी, बैवाहिक अंगीकृत), सोसील महतो (दानादेवीकी बुहारी), राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतो रहेका छन् ।
सरकारले अझै पाँच हजार भन्दा बढी नागरिकता छानविनको दायर ल्याएको छ । तराईका विभिन्न जिल्लाहरूमा सरकारले नक्कली नागरिकतामाथिको छानविनलाई तीब्रता दिएको हो ।





























प्रतिक्रिया