नियमित मन्दिर जाँदा के हुन्छ ? (भिडियो रिपोर्ट)

नियमित मन्दिर जाँदा के हुन्छ ? (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अहिले साउन महिना । यो महिनाको सुरुवातसँगै मन्दिर जाने भक्तजनको संख्यामा उल्लेख्य वृद्धि हुन्छ र यो क्रम कार्तिक–मङ्सिर महिनासम्म रहन्छ । उसो बार्‍है महिना नियमित मन्दिर जाने मानिसहरू पनि प्रशस्तै छन् ।

एकप्रकारको असीम आनन्द वा भनौं शान्ति प्राप्त हुने भएकाले मानिसहरू मन्दिर जान्छन् । मन्दिरप्रति नेपालीहरूको आस्था निकै गहिरो छ । मन्दिरको अर्थ हुन्छ, मनबाट टाढा कुनै स्थान । उसो त मन्दिरको शाब्दिक अर्थ घर पनि हुन्छ । सामान्यतः मन्दिरलाई नै बुझाउने भए पनि देवालय, शिवालय, रामद्वारा, गुरुद्वारा, जिनालय आदिको अर्थ फरक फरक हुन्छ । अझ विशेष कुरा त अंग्रेजीको ‘टेम्पल’ले मन्दिरको अर्थ वहन गर्दैन ।

हिजोआज मन्दिर जाने संस्कारमा पनि परिवर्तन देखा परेको छ । घरनजिकै मन्दिर हुन्छ तर बाहिरैबाट यसो हात जोडेर बाटो लाग्ने, मन्दिरभित्र नछिर्ने प्रचलन बढेको छ । यति गरेपछि आफ्नो कर्तव्य पूरा हुन्छ भनी ठान्नेहरूको संख्या बढ्दो छ । उनीहरूको भनाइ हुने गर्छ, मनमा श्रद्धा हुनुपर्छ । मन्दिर गइरहनुपर्छ भन्ने छैन ।

हुन त व्यस्तताका कारण सधैँ मन्दिर जाने फुर्सद पनि आजका मानिसलाई हुँदैन । तर यसो भन्दैमा मन्दिर निर्माण गर्नु तथा मन्दिर जानुका पछाडि जुन रहस्य लुकेको छ त्यसलाई अनि अध्यात्मको मर्मलाई बेवास्ता गर्नु राम्रो होइन । वास्तविकता के छ भने मन्दिरले हामीलाई हरेक प्रकारको संकटबाट बचाउँछ । हरेक दिन आफ्ना इष्टदेवको मन्दिर जानुका अनेकौं लाभ छन् ।

Skip This
Skip This
Logo