एक महिनासम्म मनाइने गुँला पर्व आज शुक्रबारदेखि सुरु भएको छ । नेवार समुदायले हरेक दिन बिहान बाजा बजाउँदै स्वयम्भू महाचैत्यका साथै बौद्ध मन्दिर तथा बिहार र मन्दिरहरुको परिक्रमा गगरी यो पर्व मनाइन्छ ।
विशेषगरी बौद्ध धर्मावलम्बीले स्वयम्भू महाचैत्यको दर्शन परिक्रमापछि शोभाभगवतीसँगै विजयश्वरी र सेतो मत्स्येन्द्रनाथको पनि परिक्रमा गर्छन् । सिंग बाजा फुकाउन लगाएर स्वयम्भू महाचैत्यको पूजा गर्छन् । अन्य नेवार समुदायहरु शाक्य, बज्राचार्य, सायमी, उदाय र महर्जनलगायतले पनि गुँला बाजा बजाउंदै स्वयम्भू परिक्रमा गरी यो पर्व मनाउने गर्दछन् ।
गुँलाबाजामा बाँसुरी, खिं लगायत बाद्य समावेश हुन्छन् । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौं महिना हो । नेपाल सम्वत् सधैं नवौं महिनामा पर्ने भएकाले यो पर्वलाई गुँला पर्व भनिएको हो ।
पर्वभर बौद्धहरु विशेष गरी माछामासु खाँदैनन् ।





























प्रतिक्रिया