एकैछिनमा आउँछु भन्दै गएका श्रीमानले गरे प्रेमिकासँगै आत्महत्या

एकैछिनमा आउँछु भन्दै गएका श्रीमानले गरे प्रेमिकासँगै आत्महत्या

केन्द्रबिन्दु
0
Shares

भक्तपुर । एकैछिनमा आउँछु भन्दै घरबाट बाहिरिएका श्रीमान प्रेमिकासँगै आत्महत्या गरेको अवस्थामा फेला परेका छन् । भक्तपुरको बोडेमा बस्दै आएका सिन्धुपाल्चोक बाह्रबिसेका २१ वर्षीय जीवन तामाङ रामेछापको बेथान घर भइ बोडेमै बस्दै आएकी १८ वर्षीया मंगली घिसिङसँगै आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् ।

घरमा श्रीमती र दुई वर्षकी छोरीलाई ‘म एकैछिनमा आउँछु’ भन्दै बाहिरिएका जीवन प्रेमिका मंगलीसँगै झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त थिमीका प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

घरमा श्रीमती र छोरी हुँदाहुँदै मंगलीसँग प्रेम सम्बन्ध भएको थाहा पाएपछि श्रीमती रितु तामाङले प्रहरीमा उजुरी दिएकी थिइन् । रितुको उजुरीका आधारमा श्रीमान–श्रीमतीबीच केही दिनअघि मात्रै मिलापत्र गरिएको थियो । पछिल्लो समय जीवन आफ्नी श्रीमती र छोरीसँग बस्न छाडेपछि प्रहरीमा आगामी दिनमा मिलेर बस्ने सहमति थरिएको थियो ।

पेशाले ड्राइभर जीवन सोमबार साँझ एकैछिनमा आउँछु भन्दै घरबाट निस्किएका थिए । तर मंगलबार बिहान मंगलीकै कोठामा दुवै झुन्डिएको अवस्थामा फेला परेको डीएसपी कोइरालाले बताए ।

Skip This
Skip This
Logo