अब सार्वजनिक स्थानमा किस गरे जेल !

अब सार्वजनिक स्थानमा किस गरे जेल !

केन्द्रबिन्दु
0
Shares

प्रेमिल जोडीहरु भेटेपछि छुटिन चाहदैनन् । तर, समय घर्केपछि छुटिनैपर्ने हुन्छ । सकिनसकी छुटिनु पर्दाको पीडा निकै कस्टप्रद हुन्छ । त्यो कस्टप्रद पीडालाई कसरी न्यूनीकरण गर्ने त ?

त्यसैले अचेलका प्रेमिल जोडीहरु छुटिनुअघि आफ्नो माया प्रकट गर्न चाहन्छन्। उनीहरुका लागि आफ्नो माया प्रकट गर्ने दरिलो माध्यम हो चुम्बन अर्थात किस।

त्यसैले त अचेलका जोडीहरु छुटिएर आफ्नो घर जान प्रियसीलाई चुम्बन दिएर छुटिन् चाहन्छन् ।  तर, भारतमा भने आफ्नो प्रेमिका वा प्रेमीलाई अब सार्वजनिक स्थानमा किस अर्थात चुम्बन गर्नुभयो भने जेल सजाय हुन सक्छ।

भारतीय दण्ड संहिता आइपीसीको धारा २९४ अन्तर्गत कुनै पुरुष वा महिलाले सार्वजनिक स्थानमा कुनै पनि प्रकारको अश्लील कार्य गरेमा प्रहरीले नियनत्रणमा लिएर कारवाही गर्ने छ।

जसअन्तर्गत मेट्रो, रेल्वे स्टेशन, बजार, स्कुल, पार्क लगायत कुनै पनि सार्वजनिक स्थानमा आफ्नो प्रेमिका/प्रेमी वा पति पत्नीलाई किस गरेमा प्रहरीले अश्लील गतिविधि गरेको अभियोगमा गिरफ्तार गर्न सक्छ। यस्तो विषयमा प्रहरीलाई आइपीसी धारा २९४ अन्तर्गत अधिकार दिइएको छ । यस अन्तर्गत जेलको सजाँय समेत हुन सक्ने व्यवस्था छ ।

Logo