त्रिभुवन विमानस्थलबाट झण्डै एक किलाे सुनसहित भारतीय नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट झण्डै एक किलाे सुनसहित भारतीय नागरिक पक्राउ

केन्द्रबिन्दु
30
Shares

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्। अर्ध ठोस बनाएर ल्याइएको अवस्थामा उक्त सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफर रहेका छन्। उनी फ्लाई दुबईको विमानबाट सोमबार राती काठमाडौं ओर्लिएका थिए।

आगमन टनेल गेटमा जाँच गर्ने क्रममा गफरसँग उक्त सुन रहेको पत्ता लागेको थियो।

Skip This
Skip This
Logo