केन्यामा पक्राउ परेका १२ नेपाली महिलाको उद्दार

केन्यामा पक्राउ परेका १२ नेपाली महिलाको उद्दार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

वैदेशिक रोजगारीको सिलसिलामा अफ्रिकी मुलुक केन्यामा पुगेका १२ जना नेपाली महिलाहरुलाई उद्धार गरी नेपाल ल्याई आफन्तको जिम्मा लगाइएको छ ।

विभिन्न पत्रपत्रिका र सामाजिक सन्जालमार्फत नेपाली महिलाहरु केन्यामा पक्राउ परेको भन्ने समाचार फैलिएपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलले निरन्तर फलोअप गरी केन्यास्थित गैरआवसिय राजनितिक मिसन, दक्षिण अफ्रिकास्थित नेपाली दुतावास, डिरेक्टोरेट अफ क्रिमिनल इन्भेस्टिगेसन केन्या लगायत अन्य संघसंस्थाको सहकार्यमा बिहीबार अन्तर्राष्ट्रिय आप्रवासी संस्थाको सहयोगमा उनीहरुलाई नेपाल ल्याइएको प्रहरीले बताएको छ ।

उनीहरु विभिन्न मितिमा भारत हुँदै केन्या पुगेको खुल्न आएको छ । केन्याको मुम्बासा शहरस्थित रङगीला डान्सबारमा केन्या प्रहरीले छापा मारी मालिक लगायत महिलाहरुलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई उद्धार गरी नेपाल फर्काइ प्रारम्भिक अनुसन्धान पश्चात अन्तर्राष्ट्रिय आप्रवासी संस्थाका प्रतिनिधिको रोहबरमा शुक्रबार आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ। ।यस विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo