जनकपुरबाट एक वर्षीय बालक अपहरण गर्ने महिला पक्राउ

जनकपुरबाट एक वर्षीय बालक अपहरण गर्ने महिला पक्राउ

केन्द्रबिन्दु
0
Shares

जनकपुर । जनकपुरधामबाट बालक अपहरण गर्ने एक जना महिलालाई पक्राउ गरिएको छ भने बालकको सकुशल उद्धार गरिएको छ ।

गत फागुन १२ गते जनपुरधाम उपमहानगरपालिका २३ स्थित डेरा गरी बस्ने रुपेश कुमार झाको छोरा १ वर्षीय रुद्धाआंश झाको प्रहरीले सकुशल उद्धार गरेको छ । घरको पैसेजमै खेलिरहेको बेला बालकलाई अपहरण गरेर लगेको धनुषा प्रहरीले जनाएको छ । बालकलाई महोत्तरीको लोहारपट्टी नगरपालिका ३ स्थित बिभा देवी मण्डलको साथबाट उद्धार गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।

बालक अपहरण गर्ने बिभा देवी मण्डलविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको धनुषा प्रहरीले जनाएको छ ।

Logo