थापाथली अस्पतालमा सुत्केरीको मृत्यु, बच्चा लुकाएको आरोप

थापाथली अस्पतालमा सुत्केरीको मृत्यु, बच्चा लुकाएको आरोप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । एक सुत्केरी महिलाको मृत्यु भएपछि थापाथलीस्थित परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पताल तनावग्रस्त बनेको छ । नुवाकोट घर भई काठमाडौंको लैनचौर बस्दै आएकी कल्पना तामाङको मृत्यु भएपछि अस्पतालमा तनावग्रस्त बनेको हो ।

चिकित्सकको लापरबाहीका कारण कल्पनाको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले विरोध गरेका हुन् । उनको मृत्यु भएपछि अस्पताल प्रशासनले बच्चा लुकाएको आफन्तहरुको आरोप छ ।

प्रशासनले कहिले बच्चा मरिसकेको र कहिले आईसीयूमा रहेको बताउने गरेको आफन्तले बताएका छन् । आमाको शव देखाएपनि बच्चाको अवस्था के कस्तो भनी अस्पतला प्रशासनले जानकारी नदिएको उनीहरुले भनाई छ । आफन्तले प्रदर्शन गर्न थालेपछि प्रहरीले अस्पताल परिसरमा सुरक्षा दिईरहेको छ ।

Logo