काभ्रे,
गएराती १० बजे घरेलु विषयमा आपसी विवाद हुँदा काभ्रेको धुलिखेलमा बुहारीद्वारा सासुको हत्या भएको छ । जिल्ला सदरमुकाम धुलिखेल नपा १ स्थित देविटार बस्ने बर्ष ६३ कि माईलीमाया तामाङलाई निजकी जेठी बुहारी बर्ष २४ कि सुन्तली तामाङले हत्या गरेकी हुन् ।
बुहारीले घरायसी वादविवादको कारण लछार पछार तथा कुटपिट गरी भुईमा पछार्दा सासुको टाउको र पेटमा गम्भिर चोट लागेको थियो । लगत्तै उनलाई उपचारका लागि शिर मेमोरियल अस्पताल बनेपामा ल्याइएकोमा ११ बजे राती नै उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमूख निरीक्षक निरञ्जन भट्टराईले घटनास्थलको अवलोकन गरी पीडित सासुको उद्धारको लागि आफूहरू गएको तर उपचारको क्रममा उनको निधन भएको जानकारी दिएका छन् । उनले घटनाबारे थप अनुसन्धान भईरहेको र पीडक बुहारी सुन्तली तामाङलाई नियन्त्रणमा लिईएको पनि बताए । उनले घटनामा अन्य व्यक्तिको संलग्नता भए नभएको समेत अनुसन्धान भईरहेको बताएका छन् ।





























प्रतिक्रिया