भव्य बन्यो ‘नेपालकै ठूलो’ ताप्लेजुङ वनभोज २०८०

भव्य बन्यो ‘नेपालकै ठूलो’ ताप्लेजुङ वनभोज २०८०

केन्द्रबिन्दु
321
Shares

काठमाडौं। ‘नेपालकै ठूलो’ ताप्लेजुङ वनभोज २०८० शनिबार भव्य रूपमा सम्पन्न भएको छ।

भक्तपुरको मन्थली चौर गुण्डुमा ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंले आयोजना गरेको वनभोज विभिन्न औपचारीक, अनौपचारिक र मनोरञ्जनात्मक कार्यक्रमकाबीच भव्य रूपमा सम्पन्न भएको हो।

कार्यक्रममा वहालवाला मन्त्रीसहित पूर्वमन्त्री र सांसद्हरूको पनि सहभागिता रहेको थियो। सहरी विकास मन्त्री सिता गुरुङ, पूर्वमन्त्री, सांसद् तथा नेकपा एमालेका सचिव योगेश भट्टराई, सांसद् उर्मिला थेबेसहित ताप्लेजुङसँग सम्बन्ध र साइनु रहेका विभिन्न पदमा आसिन कर्मचारी र विशिष्ठ व्यक्तिहरूको सहभागिता रहेको उक्त वनभोज कार्यक्रममा तीन हजार बढीको सहभागिता रहेको आयोजकले जनाएको छ।

ताप्लेजुङमा जन्मिएर विभिन्न सिलसिलामा काठमाडौंमा बस्दै आएकाहरूलाई एक ठाउँमा भेला गर्ने र एक दिन भए पनि दुःख, सुख साटासाट गर्ने उदेश्यले सरोकार केन्द्रले हरेक वर्ष वनभोजको आयोजना गर्दै आएको छ ।

केही संक्षिप्त मन्तव्यसहितको औपचारिक कार्यक्रम भए पनि अधिकांश समय झाँकीसहितका मनोरञ्जनात्मक कार्यक्रम र संयुक्त नृत्य आयोजना गरिएको थियो। कार्यक्रम बिहान ७ बजेबाट सुरु भएर साँझ ६ बजे सम्म चलेको थियो।

Logo