तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल[भिडियाेसहित]

तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल[भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

फागुन २७ गते आइतवारदेखि चैत्र ३ गते शनिबारसम्मको राशिफल।

ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन् त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ। हामी ग्रहस्थिति अनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। साप्ताहिक राशिफलको मद्दतले तपाईले आगामी साता तपाईको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ,समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ।

तपाईंको राशिअनुसार थप योजनाहरू बनाउनुस् । हामीले प्रधान गरेको उपायले तपाईंको यो साता राम्रो बित्ने छ । सबैलाइ सबै राशिका कुरा नमिल्न सक्छ,यो भबिस्यबाणी ग्रह गोचरको आधारमा हुनेछ। यदि तपाईहरुले हामिले दिएको उपाय गर्नु भयो भने तपाईंहरुको यो साता राम्रो बित्नेछ । सुरु गरौँ, ज्योतिषी आचार्य श्री प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल-

मेष राशि

मेष राशिका लागि यो साता मिश्रित फलदायी रहेको छ । यो साता धनलाभ हुने योग छ । साताको मध्यमा धन खर्च बढ्नेछ तर साताको अन्त्यमा गजकेसरी योग बनिरहेको छ, जसले धेरै शुभ फल दिनेछ । यो साता मन प्रसन्न रहनेछ। लामो दुरीको यात्राको सम्भावना रहनेछ। सन्तान हुन चाहनेहरुको मनोकामना पूरा हुनेछ । समाजमा मान प्रतिषठा बढ्ने छ । कार्य क्षेत्रमा उन्नति हुने छ । नया ब्यपार तथा योजनाको लागि राम्रो समय छ । सन्तुलित जिवनशैली बनाउनुस् ।

समस्या समाधानका लागि हनुमान चालिसाको नियमित पाठ गर्नुस् ।

वृष राशि

वृष राशिका लागि यो साता धन आर्जनको सम्भावना छ । कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ । भाग्यले साथ दिनेछ। लामो दुरीको यात्राको अवसर मिल्नेछ । परिवारमा बिरामीको कारण कष्ट हुन सक्छ, परिवारसँग समय बिताउनुहोला । काममा शुरुशुरुमा समस्या देखिन सक्छ, हतारमा कुनै काम नगर्नु होला । साताको अन्त्यमा सबै मिलेर जान्छ ।तपाईंको मन चंचलताले भरिनेछ , बोलिमा सय्म राख्नुस लापरबाहीको कारणले बिबाद हुन सक्छ । साताको अन्त्यमा तपाईंमा केही परिवर्तन देखिनेछ ।

समस्या समाधानका लागि गायत्री मन्त्र नियमित जप गर्नुस् । गरिबलाई भोजन खुवाउनुस्, धन लाभको बाटो खुल्नेछ ।

मिथुन राशि

मिथुन राशि हुनेहरुका लागि यो साता मिश्रित फलदायी रहनेछ । साताको प्रारम्भमा तपाईंको कार्यक्षेत्रमा केही अवरोध आउन सक्छ। काम तथा घरमा शान्त रहन्ज्स साताको अन्त्यसम्म बोलीमा नियन्त्रण राख्नु होला । कार्यक्षेत्रमा प्रगति गर्न सकिनेछ । तपाईंको घरमा खुशीको वातावरण रहनेछ। घरका कुनै सदस्य वैदेशिक यात्रामा जान सक्छन् । घरजग्गाको कारोबारमा संलग्न भएमा आर्थिक लाभको सम्भावना पनि छ। अध्यात्मिक रहने कोसिस गर्नुस् । जागिर खोज्नेहरुको लागि यो साता शुभ रहने छ

समस्या समाधानका लागि ॐ नमो भगवते बासुदेबाय मन्त्रको नियमितरूपमा १०८ जप गर्नुस् ।

कर्कट राशि

कर्कट राशि हुनेहरुका लागि यो साता निकै राम्रो रहनेछ । यो साता तपाईंको कार्यक्षेत्रमा गजकेसरी योग बन्न लागेको छ, जसले तपाईंको उन्नतिको बाटो खोल्नेछ। लामो समय सम्म रोकिएको कामहरु बन्ने छ । रोजगारीको खोजीमा रहेका युवालाई रोजगारीको अवसर सृजना गरिनेछ । तपाईंको भाग्यले तपाईंलाई बलियो साथ दिनेछ। यो साता बोलीमा नियन्त्रण राख्नुपर्ने देखिन्छ । बोल्नुअघि राम्ररी सोच्नुहोस्, नत्र भइरहेको काम बिग्रन सक्छ। पूराना साथिभाइहरु सँग भेटघाटमा रमाइलो हुने छ । खुट्टामा चोट लाग्न सक्छ सावधान रहनुहोस्।

समस्या समाधानका लागि प्रत्येक दिन ॐ नम शिवायको जप गर्नुस् ।

सिंह राशि

सिंह राशिका लागि यो साता उर्जाले भरिपूर्ण रहनेछ। यो साता तपाईंका सबै शत्रुहरू पराजित हुनेछन् । प्रगतिको अवसर मिल्नेछ । जीवनसाथीबाट सहयोग मिल्नेछ । बिनाकारण आफ्नो जीवनसाथीसँग झगडा नगर्नुहोस् सरकारि जागीरेहरुलाइ बढुवाको सम्भावना छ । वैदेशिक काममा लागेकाहरुलाई सफलता मिल्नेछ । जिबनसाथिको पर्खाइमा रहेकाले नयाँ जिबनसाथी भेटिने छ । नयाँ कामको थालनी गर्ने समय अनुकुल रहेको छ । पार्टनर्शिपमा ब्याबसाय गर्नको लागि राम्रो समय छ । आलस्यलाई त्यागेर बिहान व्यायाम गर्न थाल्नुस् सूर्य ग्रहले राम्रो फल प्रदान गर्नेछ । पुराना कुराहरुलाई बिर्सनु नै तपाईलाई फाइदा हुने छ ।

समस्या समाधानका लागि प्रत्येकदिन ॐ घृणि सुर्याय नमः १०८ प्लट जप गर्नुस् ।

कन्या राशि

कन्या राशिका लागि यो साता शुभ फलदायी रहनेछ । साताको सुरुदेखि तपाईका शत्रुहरू पराजित हुनेछन्। हरेक क्षेत्रमा प्रगति हुनेछ। यदि तपाइँ रोजगारीमा परिवर्तनको खोजीमा हुनुहुन्छ भने, तपाइँको लागि धेरै राम्रो अवसरहरू हुनेछन्। तर साताको अन्त्यमा जीवन साथीसँग विवाद हुनसक्छ ध्यान दिनु होला । नयाँ व्यवसाय शुरूवात गर्न चाहनुहुन्छ भने यो समय तपाईंको लागि राम्रो छ । नयाँ जागिर खोज्नेहरुकोलाई पनि रोजगार पाउने योग छ । सहशिलताको अभ्यास गर्नुस्, अरुको नकारात्मक बिचारबाट प्रभावित नहुनुस् । नत्र ठूलो घाटा हुनसक्छ ।

समस्या समाधानका लागि ॐ गण गणपताय नम को नियमित एकमाला जाप गर्नुस ।

तुला राशि

तुला राशिका लागि यो साता निकै लाभदायक साबित हुनेछ । अड्डाअदालतको काममा कठिनाइ आएको छ भने यो साता तपाईको काम पुरा हुनेछ ।आफ्नो बितिय समिक्षा गर्नुस खर्चमा ध्यान दिनुहोस । यदि तपाईलाई कुनै शत्रुपक्षबाट बाधा आइरहेको थियो भने यो हप्ता तपाईलाई शत्रुबाट पनि फाइदा हुनेछ। सेयरबजारमा लागेका ब्यक्तिहरुलाइ यो साथा लाभ मिल्ने छ ।घरजग्गा को ब्यबसाय छ भने यो साता सावधान रहनुस । पहिलाको गल्तिबाट सिक्नुस आफ्नो ब्यक्तिगत तथा ब्यबसायिक जिबनको समायोजन गर्नुस् । साताको अन्त्यमा स्वास्थ्यमा समस्या देखिने छ ख्याल गर्नुस ।

समस्या समाधानका लागि हनुमान चालिसाको नियमित पाठ गर्नुस् ।

वृश्चिक राशि

वृश्चिक राशिका लागि यो साता मिश्रित फलदायी रहनेछ। यो साता तपाईका शत्रुहरु तपाईको अगाडि टिक्न सक्ने छैनन् । शेयर बजारबाट लाभ लिन सकिनेछ । रोकिएको धन यो साता प्राप्त हुनेछ । आकस्मिक आर्थिक लाभको सम्भावना पनि रहनेछ । अप्रत्याशित लामो यात्रा पनि हुन सक्छ। यो साता तपाइको पराक्रम तथा प्रतिस्ठा बढ्ने छ । जागिर खोज्नेहरुको लागि नया अवसर पाउने योग छ ।आफ्नो प्रतिभालाइ ध्यानमा राखि नया कार्यको योजना बनाउनुस । सम्बन्धहरु नकारात्मक हुन सक्छ्न तेस्लाइ पहिचान गरि अघि बड्नुस । आफूलाई अध्यात्मिकतिर लैजाने प्रयास गर्नुस्, यसले तपाईंलाई भविष्यमा फाइदा पुर्याउने छ ।

समस्या समाधानका लागि सुन्दरकाण्डको नियमित पाठ गर्नुस् ।

धनु राशी

धनु राशि हुनेहरुका लागि यो साता निकै राम्रो रहनेछ । धनु राशिका व्यक्तिहरूले यो साता शुभ समाचार सुन्न पाउनेछन् । कार्यक्षेत्रमा प्रगति हुनेछ । घरमा उत्सवको माहोल रहनेछ। घरमा सुख शान्ति छाउनेछ। परिवारसँग अचानक टाढाको यात्राको सम्भावना छ । काममा उन्नतिको अवसर मिल्नेछ । यो साता तपाईको साहसमा उल्लेखनीय वृद्धि हुनेछ। महिलालाई पुरूषबाट सहयोग मिल्नेछ र पुरुषले महिलाबाट सहयोग प्राप्त गर्नेछन्, जसले सामाजिक प्रतिष्ठा बढ्नेछ । कुनै काम गर्ने सोचमा हुनुहुन्छ भने राम्रो नतिजा मिल्नेछ ।

जागिरको खोजीमा रहेका युवाहरूले आफ्नो काम होसियारीपूर्वक गर्नु पर्नेछ, अन्यथा तपाईंको बोलीका कारण काम बिग्रन सक्छ । कार्यस्थलमा सजग रहनुहोला । कुनैपनि काममा जोखिम नलिनुहोला, आफ्नो मन दिमागले विचार गरेर मात्र काम गर्नुहोला ।

समस्या समाधानका लागी ॐ गण गणपताय नमः नियमित जप गर्नु उचित हुन्छ ।

मकर राशी

मकर राशिका लागि यो साता शुभ रहनेछ । तपाईंको लग्न स्वामी धनको घरमा गोचर गर्दैछ, जसले आकस्मिक धन लाभ प्रदान गर्नेछ । यदि तपाईं कतै टाढाको यात्राको योजना गर्दै हुनुहुन्छ भने, यो साता यात्राको योग छ । साताको अन्त्यमा घरमा कसैको स्वास्थ्य बिग्रन सक्छ । यो साता सावधानी अपनाउन जरुरी छ , तपाईमाथि कुनै प्रकारको आरोप लाग्न सक्छ । आफ्नो बोली नियन्त्रण गर्नुहोस ्। विचारपूर्वक बोल्नुहोस् । रात्री भोजन परिवारसँग गर्नुहोस् । रोजगारीको खोजीमा रहेका युवाहरुको लागि यो साता निकै राम्रो रहनेछ । साताको सुरुवात निराशाजनक हुनसक्छ तर साताको मध्य र अन्त्यले सन्तोषजनक नतिजा दिनेछ।

समस्या समाधानका लागी हनुमान चालिसा नियमित पाठ गर्नु उचित हुन्छ ।

कुम्भ राशी

कुम्भ राशिका लागि यो साता निकै राम्रो फल मिल्नेछ । यो साता थोरै सुस्ती संग सुरु हुन सक्छ। तर साताको मध्य र अन्त्यमा तपाईको ऊर्जा बढ्नेछ। तपाईको घरमा सुख शान्तिको वातावरण रहनेछ। तपाईको परिवारमा अचानक केहि खुशी आउन सक्छ। परिवारको कुनै सदस्य घरबाट टाढाको यात्रामा जान सक्छ। राजनीतिसँग सम्बन्धित व्यक्तिहरूका लागि यो साता खासै अनुकूल छैन, उनीहरूले आफ्नो बोलीमा नियन्त्रण राख्नु आवश्यक छ । यस समयमा तपाईको प्रतिष्ठामा दाग लाग्न सक्छ । होसियार हुन जरुरी छ ।कुम्भ राशि हुनेहरुका लागि रोजगारीको दृष्टिकोणले निकै राम्रो समय रहनेछ । सरकारी जागिरमा काम गर्नुहुन्छ भने पदोन्नतिको सम्भावना छ । रोजगारीको खोजीमा रहेका युवाले रोजगारी पाउन सक्छन् । इमान्दार रहने कोशिश गर्नुस् ।

समस्या समाधानका लागी हनुमान चालिसा नियमित पाठ गर्नु उचित हुन्छ ।।

मीन राशी

मीन राशिका व्यक्तिहरूले सावधानी अपनाउनुपर्ने समय छ । बुद्धि भ्रमित हुने छ सावधान रहनुस् । साताको मध्यमा चन्द्रमाको योगले तपाईंको मानसिक अवस्था बिग्रन सक्छ । बोलीमा नियन्त्रण राख्नु आवश्यक छ अन्यथा कार्यक्षेत्रमा हानि हुने सम्भावना छ । अनावश्यक खर्चबाट बच्नुहोला । यो साता सामाजिक सम्बन्धमा कुनै प्रकारको प्रतिष्ठामा आघात हुने सम्भावना छ। त्यसैले बोलीमा नियन्त्रण राख्नुपर्छ । मानिसहरूसँग सम्बन्ध निर्माण गर्दा सावधान रहनुहोस्। गफ गर्नेहरूबाट सावधान रहनुहोस्। मीन राशिका लागि यो साता कर्म क्षेत्रको स्वामी गजकेशरी योगमा आउन लागेको छ । कार्यक्षेत्रमा उन्नतिको अवसर मिल्नेछ ।

समस्या समाधानका लागी हनुमान चालिसाको नियमित जप गर्नु र गाइलाई हरियो घास वा चारो खुवाउनु उपयुक्त हुन्छ ।

Logo