उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका पुनलाई धापासीबाट प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
दीपेश पुन र ६० किलो सुन प्रकरणमा समातिएका होटल भियानाका मालिक बेल्जियन नागरिक दावा छिरिङको सम्बन्ध रहेको तथ्य प्रहरीले पत्ता लगाएकाे थियाे । तर, सीआईबीले गम्भीरतापूर्वक अनुसन्धान नगरी उनलाई उन्मुक्ति दिएको सुन जाँचबुझ आयोगको प्रतिवेदनमा पनि उल्लेख छ ।
उनी सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत हुन् ।































प्रतिक्रिया