जसपा सांसद मन्जु अन्सारीको निधन

जसपा सांसद मन्जु अन्सारीको निधन

केन्द्रबिन्दु
36
Shares

काठमाडौं। प्रतिनिधिसभा सदस्य मन्जु अन्सारीको आइतबार निधन भएको छ। जनता समाजवादी पार्टीका तर्फबाट समानुपातिक सांसद रहेकी उनको आज हृदयघातका कारण मृत्यु भएकाे हाे।

काठमाडौँको सिभिल अस्पतालमा मृत्यु भएको जसपा प्रवक्ता मनिस सुमनले जानकारी दिए। जनता समाजवादी पार्टीका तर्फबाट तत्कालिन अवस्थामा समानुपातिक सांसद चुनिएकी सहनाज रहमानको हृदयघातकै कारण २०७९ फागुन १३ गते निधन भएपछि पार्टीको सिफारिसमा अन्सारी २०७९ चैत ६ गते प्रतिनिधिसभा सदस्य चुनिएकी थिइन्।

२०४६ सालमा तत्कालिन नेपाल सदभावना पार्टीबाट राजनीति सुरु गरेकी अन्सारीले पार्टी निकट सद्भावना महिला मञ्चको केन्द्रीय अध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरेकी थिइन्। उनले २०५६ सालमा सदभावना पार्टीबाट रौतहट क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा गरेकी थिइन्।

Skip This
Skip This
Logo