होलीलाई मध्यनजर गर्दै उपत्यका ट्राफिकले गर्याे सुरक्षामा कडाइ

होलीलाई मध्यनजर गर्दै उपत्यका ट्राफिकले गर्याे सुरक्षामा कडाइ

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले रङ्गहरूको पर्व फागु पर्व (होली)लाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउनको लागि उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ।

विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउनका साथै सडक अनुशासन पालना गराउनको लागि ट्राफिक प्रहरीहरू खटिने भएका हुन्।

कार्यालयले होली पर्व मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै यस वर्ष उपत्यका प्रवेश गर्ने नाकाहरू र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै चेकजाँचको व्यवस्था मिलाएको छ ।

त्यस्तै ३० ओटा मोबाइल भ्यान परिचालन गरी आवश्यकता बमोजिम मोबाइल गस्ती तथा चेक प्वाइन्ट समेत राखिने तथा दुर्घटना रहित होली पर्व मनाउन र उछ्रिङ्खल गतिविधिलाई समेत नियन्त्रण गर्नका लागि तयार भएको सुरक्षा योजना बमोजिम मुख्य सडक, चोक गल्लीमा समेत प्रहरीको बाक्लो परिचालन गर्ने योजना रहेको छ, यसका लागी ९ सय भन्दा बढी ट्राफिक प्रहरी खटिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ।

Logo