होली पर्वमा इच्छाविपरीत रङ नदल्लन अपिल

होली पर्वमा इच्छाविपरीत रङ नदल्लन अपिल

केन्द्रबिन्दु
15
Shares

गुल्मी। फागु अर्थात होली पर्व सभ्य रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीले अपिल गरेको छ। प्रशासनले सार्वजनिक सूचना जारी गर्दै फागु पर्व होली मनाउने क्रममा कसैको इच्छाविपरीत रङ दल्ने लोला हान्ने, बाटोमा लुकेर बटुवालाई इच्छाविपरीत रङ नदल्लन आग्रह गरेको हो।

त्यस्तै बाटो अवरोध गरी सवारीसाधनबाट रकम असुल्नेलगायत उच्छृङ्खलअवाञ्छित कार्यहरू प्रचलित कानूनविपरीत भएकोले नगर्न सूचनामा उल्लेख छ। यस्ता कराय गरेको पाइए कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ।

होलीलाई सभ्य तरिकाले मनाउन र अप्रिय घटना हुन नदिन सार्वजनिक सूचना जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए । चैत ११ गते आइतबार पहाडी जिल्लामा र १२ गते तराईका जिल्लामा होली पर्व मनाइँदैछ।

Skip This
Skip This
Logo