तनहुँमा बस दुर्घटना, ६ चिनियाँ पर्यटक घाइते

तनहुँमा बस दुर्घटना, ६ चिनियाँ पर्यटक घाइते

केन्द्रबिन्दु
18
Shares

पोखरा। तनहुँमा बस दुर्घटना हुँदा ६ जना चिनियाँ पर्यटक घाइते भएका छन्। म्याग्दे ६ शेराटारमा काठमाडौँ जाँदै गरेको बा १ प ११३९ नम्बरको बस पल्टिएको हो।

बसमा २६ जना यात्रु सवार थिए। घाइते हुनेमा ६८ वर्षीय छुचेङ, ६७ वर्षीय काओमेङ, ५० वर्षका सुनलि, ७० वर्षीय लियोया छिङ, ६२ वर्षीय वाङ वि दोङ, ५७ वर्षीय हौछायो लि छन्।

उनीहरुको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारमा उपचार भइरहेकाे छ।

Skip This
Skip This
Logo