पक्राउ परेका युवाको वयान- ‘मज्जा लिन ढलानको किला खोपे’

पक्राउ परेका युवाको वयान- ‘मज्जा लिन ढलानको किला खोपे’

केन्द्रबिन्दु
0
Shares

काठमाडौंमा युवतीमाथि सिरिञ्ज आक्रमण गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले ती युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष कार्की रहेको प्रहरीले जनाएको छ । उनलाई महाराजगञ्जको भाटभटेनी सुपरमार्केट नजिकैबाट गएराति पक्राउ गरिएको हो । उनलाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार कार्कीले मज्जा लिनका लागि युवतीहरुलाई ढलान किलाले खोपेको वयान दिएका छन्। रामेछाप घर भएका कार्की ५ वर्ष दुबई बसेर नेपाल फर्केका थिए ।

विगत केहि समय यता काठमाडौं उपत्यका लगायत बनेपामा पनि युवतीमाथि सिरिञ्ज आक्रमण हुँदै आएको समाचारहरु सार्वजनिक भएका छन् । गएको जेठदेखि अहिलेसम्म ९ जना युवतीहरुले आफूमाथि यस्तो आक्रमण भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

Skip This
Skip This
Logo