कर्णाली पुलबाट हाम फालेका युवक खोज्न गोताखोर परिचालन गरिँदै

कर्णाली पुलबाट हाम फालेका युवक खोज्न गोताखोर परिचालन गरिँदै

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ। कर्णाली पुलबाट हाम फाल्दा बेपत्ता भएका युवक खोज्न गोताखोर परिचालन गर्ने तयारी गरिएको छ।

कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट सोमबार एकसाथ १७ जनाले हाम फालेका थिए। तीमध्ये लम्कीचुहा नगरपालिका–३ चिसापनीका करिब ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता छन्।

बेपत्ताको खोजी गर्न गोताखोर खटाउनेबारे सशस्त्र प्रहरी बलसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ।

अहिले इलाका प्रहरी कार्यालय चिसापानीका इन्स्पेक्टर हरेराम डाँगी नेतृत्वको टोली खोजी कार्य गरिरहेको छ। बर्दिर्याको सिमानातर्फ नेपाली सेनाको टिमले खोजी कार्य जारी राखेको छ।

होली खेलेपछि नदीमा डाइभ हान्न गएका उनीहरूमध्ये शाही डाइभ हानेर हाम फाल्दा बेपत्ता भएका हुन्। अन्य १६ जनालाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको प्रहरीको भनाइ छ।

Logo