कानुनका विद्यार्थीलाई डिएलए–नेपालको अभिमुखीकरण

कानुनका विद्यार्थीलाई डिएलए–नेपालको अभिमुखीकरण

केन्द्रबिन्दु
84
Shares

काठमाडाैं । कानुनी पेसामा प्रवेश गर्दै गरेका तथा गर्ने सोच बनाएका कानुनका विद्यार्थीहरूलाई कानुन व्यवसाय तथा यसका सम्भावना तथा चुनौतीका विषयमा जानकारी गराउने उद्देश्यका साथ डेमोक्रयाटिक लयर्स एसोसिएसन नेपाल (डिएलए–नेपाल)ले एक दिने पेसागत अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

डिएलए–नेपालका केन्द्रीय सदस्य राजकुमार उप्रेतीले नवआगन्तुकहरूलाई पेसा सुरु गर्दै गर्दा पेसागत संरक्षणका विषयमा जानकारी गराउने उद्देश्यका साथ कार्यक्रम गरिएको बताए ।

३१औँ नेपाल कानुन व्यवसायी परिषद्को परिक्षामा उत्तीर्ण भएका ८० भन्दा बढी परीक्षार्थीहरूलाई बधाई तथा शुभकामनासमेत दिइएको कार्यक्रममा उत्तीर्ण परीक्षार्थीमध्ये उत्कृष्ट १० परीक्षार्थीहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षद्वय हरिहर दाहाल र प्रेमबहादुर खड्का, वरिष्ठ अधिवक्ता तथा डिएलए–नेपालका पूर्वअध्यक्ष यदुनाथ खनाल तथा डिएलए–नेपालका वर्तमान अध्यक्ष तथा वरिष्ठ अधिवक्ता सीताराम केसीले कानुनी पेसाका बारेमा जानकारी गराएका थिए ।

Logo