सरकारले राष्ट्रिय सभामा पेश गरेको गुठी सम्बन्धी विधेयक फिर्ता लिएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा गुठी सम्बन्धी विधेयक फिर्ता लिएको हो ।
भुमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा कुमारी अर्यालले गुठी सम्बन्धी विधेयक फिर्ता पाउँ भन्ने माग सभा अध्यक्ष समक्ष राखे पछि यो विधेयक फिर्ता भएको घोषणा भएको हो ।
यसै बिच मन्त्री अर्यालले गुठी विधेयक जनताको पक्षमा रहेको विधेयक भएको बताएकी छन् । मन्त्री अर्यालले सरकार जनताको भएकाले सरकारले एकातिर फर्कदा अर्कोतिर विर्सन नहुने बताइन । उनले भूमिहिन र गुठीपीडित जनताको लागि सरकारले यो विधेयक ल्याएको बताइन ।
उनले बकवास कुरा फैलाएर विधेयक फिर्ता लिनु परेको बताइन ।































प्रतिक्रिया