२० वटा दुर्लभ घडियाल गोही राप्ती नदीमा छाडियो

२० वटा दुर्लभ घडियाल गोही राप्ती नदीमा छाडियो

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । बाँकेस्थित राप्ती नदीमा शनिबार २० वटा घडियाल गोही छाडिएको छ ।

चलिरहेको भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर पर्यटकीय गतिविधि बढाउने हेतुले चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले शनिबार भरतपुर महानगर प्रमुख रेणु दाहालको उपस्थितिमा नदीमा सात वर्षका २० वटा गोही छाडेको हो ।

चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिकबाट २० वटा घडियाललाई प्राकृतिक बासस्थानमा छाडिएको हो । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थितिमा गोही छाडिएको छ ।

Skip This
Skip This
Logo