ट्राफिक प्रहरीको सास्ती: पानीदेखि शौचालयसम्म मागेरै

ट्राफिक प्रहरीको सास्ती: पानीदेखि शौचालयसम्म मागेरै

केन्द्रबिन्दु
36
Shares

काठमाडौं। ट्राफिक प्रहरी गोविन्दराज पन्तको मास्क अधिक समय चिउँडोमुनि हुन्छ। धुलो र धुवाँदेखि जोगाउने मास्क उनीका लागि सदुपयोग छैन। ट्राफिक व्यवस्थापन गर्न सिट्ठी बजाउनुपर्छ। मुख छोपेरै बस्न सम्भव छैन। त्यसैले स्वास्थ्य सुरक्षाको लागि दिइएको सामग्री समेत उचित तरिकाले लगाउन नपाइएको उनी बताउछन्। “देख्नका लागि मात्रै सुरक्षित छौँ”, उनी भन्छन्।

नयाँबानेश्वरको व्यस्त चोकमा ट्राफिक व्यवस्थापन गर्न ‘पिक आवर’ समयमा हम्मेहम्मे छ। गोविन्दका अनुसार बिहान र बेलुका सवारीको चापले पानी खानेसमेत फुर्सद हुँदैन। तिर्खाएर रन्थनिँदा कहिलेकाहीँ पानीकै अभाव हुन्छ। आँखामा चस्मा त छ, छिनछिनमै धुलोले भरिन्छ। उनी ट्राफिक व्यवस्थापन गर्दा घरी चस्माको धुलो पुछ्न्त घरी धुलाम्मे लुगा टक्टक्याउछन्। बिहान सफा लगाएको कपडा बेलुका मैलो हुन्छ।

उपत्यकाभित्रका मुख्य चोकमा खटिएका प्रहरी ट्राफिकका आ–आफ्नै कथा र व्यथा छन्। धुलो, धुँवासित जुध्नुका साथै सर्वसाधारणका दुर्व्यहार पनि खेप्नुपर्छ। थापाथलीमा खटिएकी ट्राफिक प्रहरी अन्जु नेपालीका अनुसार सिट्ठी, हात दुवैको सहायताले नियम विपरीत चलेका सवारी साधन रोक्दा चालकले अटेर गर्ने गरेको अनुभव सुनाउछन्। “सवारी रोकिहाले पनि दोहोरोतेहोरो कुरा गरेर झगडा गर्न खोज्छन्”, मञ्जु थपछन्, “तर पुरुष ट्राफिकसँग यस्तो अटेरी कम हुन्छ।” ट्राफिक महिला भएकै कारण उनीले पेसागत रुपमा सहनुपर्ने पीडा थुप्रै छन्।

घन्टौँ उभिएर ड्युटीमा खटिइरहेको बेला शौचालय गर्न पनि सजिलो छैन। कपिलवस्तु घर भएकी प्रमिला थारू महिनावारीको समय अत्यन्त कठिन महसुस भएको बताउछन्। थापाथली चोकमा कार्यरत उनीले सेनिटरी प्याड फेर्न शौचालय नहुँदा सास्ती खेप्नु परेको अनुभव छ। “कुनै होटल वा ग्यारेजमा गएर शौचालय प्रयोग गर्नुपर्छ”, उनले बताए, “सधैँभरि अरूको शौचालयमा जाँदा निकै असजिलो महसुस हुन्छ।” सेनिटरी प्याड फेरेर कहाँ फाल्ने ? उनीले यस्ता स–साना तर स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने महिला ट्राफिकका समस्या रहेको सुनाए। शौचालयकै झन्झटले पानी पर्याप्त खान नसकिने उनी बताउछन्।

थापाथलीमै कार्यरत ट्राफिक वर्षा थारु गर्भवती छन्। उनी तीन महिनाको गर्भसहित उत्साहका साथ ट्राफिक सेवा दिइरहेका छन्। गर्भ बढ्दै गएपछि उनीलाई काममा खटिन अलिक चुनौती थपिँदै गएको बताउछन्। केही साताअघि मात्रै चोकमा ड्युटीमा कार्यरत वर्षालाई रिङ्गटा लाग्यो। उभिएर चर्को घाममा काम गर्दा उनको शरीर थामिएन। “रिङ्गटा लागेर भुईंमा थचक्कै बसेछु,” उनी भन्छन्, “केहीबेरमा होस आयो, अनि कामतिर लागेँ।” ट्राफिकको दायित्वमा फुर्सद भन्ने शब्द नै नरहेको उनी बताउछन्।

खाने पानी बोकेर ल्याउने सवारीसँग पानी माग्नुपर्ने बाध्यता रहेको ट्राफिक प्रहरी बताउछन्। सार्वजनिक शौचालय नहुँदा शौच गर्न झन्झट खेप्नुपर्ने उनीहरुको अर्को समस्या हो। शौचालयको अभावले पेटभरि पानी खान नसकिने ट्राफिक प्रहरी बताउँछन्। “चर्को घामले तिर्खा लाग्छ, पानी खाए शौचालय खोज्ने सास्ती”, थारु भन्छन्।

Skip This
Skip This
Logo