हेर्नुहाेस्, २०८१ सालकाे वार्षिक राशिफलः तपाईंको ग्रहदशा कस्तो रहला ?

हेर्नुहाेस्, २०८१ सालकाे वार्षिक राशिफलः तपाईंको ग्रहदशा कस्तो रहला ?

केन्द्रबिन्दु
336
Shares

वर्ष २०८१ काे राशिफल

ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन् । त्यस्तै १२ राशी छन् । वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ । ज्योतिषको गोचर अनुसार ग्रहको राशि प्रतिदिन परिवर्तन हुदैन ९ ग्रहको राशि परिवर्तन आफ्नै समय हुन्छ । २०८१ मा बर्षभरको ग्रह गोचरको आधारमा यो बार्षिक राशिफल तयार गरिएको छ ।

विसं २०८१ मा राजा मंगल ग्रह र मन्त्री शनि ग्रह हुनेछ । मंगल ग्रह कमाण्डर र बहादुरी, साहस, सैन्य प्रशासन र सिद्धान्तहरूको लागि जिम्मेवार मानिन्छ । त्यसैले नयाँ वर्ष २०८१ मा आक्रामक घटनाहरू हुन सक्छन भन्ने फलित गरिन्छ, जसका कारण नयाँ वर्ष निकै उथलपुथल हुने र कडा प्रशासनिक देखिनेछ । साथै देशमा चकित पार्ने घटनाहरू हुनेछन् राजनीतिक परिवर्तनहरु धेरै देखिने छन् । नियम तथा अनुशासनमा बसे शनि र मंगल ग्रहको शुभ फल मिल्ने छ । ज्योतिष शास्त्रका अनुसार ग्रहगोचरले वर्षभर मानिसलाई असर गर्छ, कसैलाई राहत मिल्छ त कसैलाई समस्याको सामना गर्नुपर्ने हुन्छ ।

आगामी १२ महिना तपाईंको ग्रहदशा कस्तो रहला ? हेरौं, ज्योतिषी आचार्य श्री प्रकाश पौडेलद्वारा तयार पारिएकोे राशिफल –

मेष राशि

मेष राशिका लागि नयाँ वर्ष निकै शुभ रहनेछ । तपाईंले आँटेको काम पूरा हुनेछ । पदोन्नति र तलब वृद्धिको पूर्ण सम्भावना छ भने मनोवान्छित सफलता मिल्ने छ । यो बर्ष चल/अचल सम्पति खरिद गर्न सक्नुहुनेछ । मान सम्मानमा वृद्धि हुनेछ, ठूला व्यक्तिहरूले तपाईंको लागि राम्रो विचार राख्नेछन्, जुन निश्चित रूपमा तपाईंको लागि लाभदायक हुनेछ । तपाईंले गत वर्ष नाफा कमाउनु पर्ने थियो तर नपाएपछि बाँकी रहेको रकम यो वर्ष प्राप्त हुने सम्भावना छ ।

मेष राशिका महिलाहरुका लागि यो वर्ष शुभ रहेको छ । श्रीमान–श्रीमतीबीचको विवाद अन्त्य हुनेछ । युवा तथा विद्यार्थीले ज्ञान र तालिमसँगै शिक्षामा सफलता मिल्नेछ । पैसा कमाउने अवसर मिल्नेछ । मेष राशि हुनेहरुले स्वास्थ्यमा यो वर्ष ध्यान पुर्याउनु होला । मेष राशिको स्वामी मंगल हो । २०८१ मा मेष राशिका व्यक्तिहरुको शुभ रङ रातो हुनेछ । रातो रङलाई प्रेम, उर्जा र उर्वरताको प्रतीक मानिन्छ।

शुभ परिणामको लागि हनुमान चालिसाको वर्षभर पाठ गर्नुस् । महिनामा एकपटक गरिबहरुलाई कपडा दान गर्नुस् ।

वृष राशि

वृष राशिका लागि नयाँ वर्षको सुरुवात शुभ रहनेछ । यो वर्ष तपाईंको मानसम्मान बढ्नेछ । परिवारसँगको सम्बन्ध राम्रो रहनेछ । रोकिएको सबै कामहरु बन्दै जानेछन् । घर मर्मतमा खर्च बढ्ने छ । यस राशिका व्यक्तिहरूलाई काम र व्यापारमा लाभ मिल्नेछ । आम्दानीमा बृद्धि हुने नयाँ व्यापार पनि गर्न सकिनेछ । नयाँ वर्ष स्वास्थ्यको दृष्टिले पनि राम्रो रहनेछ, सकारात्मक उर्जा बढ्नेछ ।

यो वर्ष तपाईं तीर्थयात्रामा जान सक्नुहुन्छ र घरमा कुनै धार्मिक कार्यक्रम पनि हुनसक्छ । सन्तानको लागि पनि नयाँ वर्ष शुभ रहनेछ साथै शिक्षामा रुचि बढ्नेछ । घरमा आफ्ना सन्तानको विवाह समारोह पनि हुन सक्छ । व्यर्थ खर्च हुने र व्यक्तिको पद र प्रतिष्ठामा हानि पुग्नसक्छ, हरेक काम सावाधानीपुर्वक गर्नुहोला । भौतिक स्रोतमा वृद्धि हुनेछ । अत्यधिक क्रोधका कारण अनावश्यक विवाद हुने सम्भावना छ । तसर्थ, विवाद सिर्जना हुने गरी व्यवहार नगर्न सावधान रहनुहोस् । दाजुभाइ तथा साथीभाइसँग मतभिन्नता हुनसक्छ । आक्रामक व्यवहार र उत्साहले केही काममा बाधा पुग्नसक्छ । थोरै मिहिनेतले मात्रै राम्रो सफलता मिल्नेछ । यस राशिको स्वामी शुक्र हो। २०८१ मा यस राशिको शुभ रङ सेतो हुनेछ । यस बाहेक हल्का नीलो रङ पनि तपाईको लागि राम्रो हुनेछ।

उपाय- यस वर्ष मातापिताको आशीर्वाद लिनुस्, सूर्यदेवलाई अर्घ्य दिनुहोस् र ॐ घृणि सुर्याय नमको १०८ पटक जप गर्नुस् ।

मिथुन राशि

मिथुन राशिका लागि पनि नयाँ वर्ष शुभ रहनेछ । मिथुन राशि हुनेहरूले यो वर्ष आम्दानीका स्रोत बढाउन सफल हुनेछन् । दाजुभाइबाट पनि लाभ मिल्नेछ । सबै काम राम्ररी सम्पन्न गरी नयाँ लक्ष्य लिएर अगाडि बढ्न सकिनेछ र सफलता प्राप्त हुनेछ । परिवारमा सुख शान्ति र सद्भाव कायम रहनेछ । बाहिरी र वैदेशिक सम्बन्धबाट लाभ मिल्नेछ । पुरानो ऋणबाट मुक्ति मिल्ने छ । लगानीका लागि यो समय अनुकूल रहनेछ, तपाईंको समस्याको अन्त्य हुनसक्छ । पुरानाे रोगहरुबाट छुटकारा पाउनुहुनेछ । कार्यस्थल परिवर्तन हुनसक्छ । तपाईंको मेहनत २०८१ मा देखिनेछ र फल पनि मिल्नेछ । व्यवसायी वर्गका लागि यो वर्ष विशेष लाभदायी रहनेछ । खाना, पहिरन, सौन्दर्य प्रसाेधनको व्यापार गर्नुहुन्छ भने दशैं पछि प्रशस्त नाफा मिल्नेछ ।

नोकरीमा बढुवाको राम्रो सम्भावना छ । मिथुन राशिका महिलाहरूलाई बौद्धिक र राजनीतिक क्षेत्रमा विशेष सफलता मिल्नेछ । सांसारिक सुखको कारक शुक्र वर्षको अन्त्यमा उच्च राशिमा रहनेछ, जसले गर्दा विगत धेरै वर्षदेखि गरेको इमान्दार सेवा र मिहिनेतको फल एकमुष्ट प्राप्त हुने सम्भावना छ । विद्यार्थीहरूले यो वर्ष सफलता मिल्नेछ र अध्ययनका लागि विदेश जान सक्नेछन्। यस राशिको स्वामी बुध हो। यस राशिका व्यक्तिका लागि आगामी वर्ष हरियो रङ निकै शुभ रहनेछ ।

उपाय- ॐ नम शिबाय मन्त्रको १०८ पटक नियमितरूपमा जप गर्नुस् । हरेक बुधबार गणेश भगवानको मन्दिरमा दुबो चढाउनुस् ।

कर्कट राशि

कर्कट राशि हुनेहरुका लागि नयाँ वर्ष राम्रो रहनेछ । यो वर्ष व्यापारमा केही नयाँ काम सुरु गर्न सकिनेछ । यो कामले तपाईको लागि शुभ फल दिनेछ । हरेक काममा सफलता मिल्नेछ । व्यवसायमा दाजुभाइबाट सहयोग मिल्नेछ, आम्दानी बढ्नेछ । यो वर्ष कर्कट राशि भएका व्यक्तिहरु मानसिक रुपमा शान्त र सन्तुष्ट रहनेछन् ।

पारिवारिक जीवन सुखमय र शान्तिपूर्ण रहनेछ । दाजुभाइबाट सहयोग मिल्नेछ र सामाजिक कार्यमा सदैव तत्पर रहनेछ । यो वर्ष तपाईको मान सम्मान पनि बढ्नेछ । तपाईको आर्थिक स्थितिमा पनि सुधार आउनेछ । कुनै पनि निर्णय लिँदा ध्यान दिनु होला, गलत निर्णयले आर्थिक हानी तथा मानसम्मानमा असर पर्नेछ । जोखिमपूर्ण कामहरु नगर्नुहोला । मंगल ग्रहको मध्यम स्थितिले अप्रत्याशित शत्रुता, विवाद, अपमान र चोरी, आगलागी निम्त्याउन सक्छ । तपाईंको मिहिनेत, जागिर, व्यवसायबाट धन, कपडा, गरगहना र घरजग्गा प्रदान गरिरहनेछ। यदि तपाईं जागिरमा हुनुहुन्छ भने मंगल र शनिको प्रभावले पदोन्नति मिल्नेछ । यदि तपाईं व्यवसायी हुनुहुन्छ भने वर्षको राजा मंगलको प्रभावले बचत भइसकेका सामानबाट मनग्ये लाभ मिल्नेछ ।

यो वर्ष उतारचढावले भरिपूर्ण भएता पनि तपाईंको लागि शुभ रहनेछ । यो वर्ष सम्पत्ति र सवारी साधनमा वृद्धि हुनेछ । कर्कट राशिको स्वामी चन्द्रमा हो । कर्कट राशिका लागि पनि सेतो रङ शुभ रहनेछ ।

उपाय- हनुमान चालिसाको नियमित पाठ गर्नुस् । हरेक सोमबार शिवजीलाई जल चढाउनुस् । हरेक शनिबार कुकुरलाई खाना खुवाउनुस् ।

सिंह राशि

सिंह राशिका व्यक्तिहरूले यो नयाँ वर्षमा केही सावधानी अपनाउनुपर्ने छ । यो वर्ष अवश्य सफलता मिल्नेछ । तर यसका लागि तपाईंले कडा मेहनत गर्नुपर्ने हुनसक्छ । चल/अचल सम्पत्ति बढ्ने छ । नयाँ शहरको यात्रा हुने तथा नयाँ कामको थालनी हुने छ । फलस्वरूप भाग्यमा वृद्धि हुनेछ, धन, धर्म, कीर्तिमा वृद्धि हुनेछ । शत्रुको चिन्ताको दमन हुनेछ, बलियो प्रतिद्वन्द्वीको उपस्थितिमा पनि अन्त्यमा विजय प्राप्त हुनेछ। परिवारमा आध्यात्मिकताको प्रकाश र पुण्यकार्यमा संलग्नता बढ्नेछ । असारपछि केही नयाँ योजनामा काम हुनेछ ।

राम्रो काम गर्नाले मानसम्मान बढ्नेछ । अनावश्यक स्थानान्तरणले पनि परिवारमा केही मतभेदहरू निम्त्याउन सक्छ । तीर्थयात्राको सम्भावना छ । संयम र गम्भीरताका साथ काम गर्नु पर्ने देखिन्छ । आफ्नो क्षमता भन्दा बढी बजेटको योजना नबनाउनुहोस् र त्यसमा काम नगर्नुहोस्। जसका कारण अहिले भइरहेका काम पनि प्रभावित हुने सम्भावना छ । सम्पत्तिको खरिदबिक्रीबाट आर्थिक लाभ हुनेछ । कतैबाट अचानक धन प्राप्त हुने सम्भावना पनि छ, जसले आर्थिक स्थितिमा सुधार आउनेछ। महिलाहरूका लागिस् पदोन्नति र स्थानान्तरणको सम्भावना छ।

व्यावसायिक सवारीसाधनको संख्या बढ्ने अनुमान गरिएको छ । पैतृक कृषि जमिन बेचेर धन आर्जन हुनेछ । बुवाको स्वास्थयमा ध्यान दिनुहोला । यस राशिको शासक ग्रह सूर्य हो। २०८१ मा यस राशिका व्यक्तिहरुको भाग्यशाली रङ गाढा रातो, सुन्तला, पहेँलो र सुनौलो हुनेछ ।

उपायः सूर्यलाई जल चढाउनुस् । हरेक दिन ॐ घृणि सुर्याय नमको १०८ पटक सधैं जप गर्नुस् । गरिबहरुलाई न्यानो कपडा दान गर्नुस् ।

कन्या राशि

कन्या राशि भएका व्यक्तिहरुलाई नयाँ वर्षमा व्यापार व्यवसायमा लाभ मिल्ने सम्भावना रहेको छ । यो वर्ष तपाईंले व्यापारमा ठूलो सम्झौता गर्न सक्नुहुनेछ। यो वर्ष तपाईंले आफ्नो खर्च घटाएर बचतमा बढी ध्यान दिन आवश्यक छ । पुरानो पुजिबाट फाइदा हुने छ । चिकित्सक तथा अनुसन्धान छेत्रका ब्यक्तिहरुलाइ ठुलो फाइदा हुने छ । पुरानो बिबादास्पद चिजहरुबाट छुटकारा पाउनु हुने छ । अनावश्यक विवाद उत्पन्न हुनसक्छ । दाजुभाइसँग झगडा हुने सम्भावना छ, ध्यान दिनु होला । परिवारमा मनमुटाव बढ्न सक्छ। नयाँ व्यापारबाट धनको वर्षा हुनेछ।

कसैलाई ऋण नदिनुहोस्, अन्यथा पैसा फिर्ता नहुने सम्भावना छ। कामदार महिलाको स्थानान्तरणको सम्भावना छ । दाम्पत्य जीवन राम्रो रहने देखिन्छ । यो वर्ष राशिका स्वामी बुधको माथिल्लो स्थानका कारण पढाइमा सफलता मिल्नेछ ।राहुको गोचरले तपाईंलाई सम्पत्ति र वाहनमा निरन्तर वृद्धि प्रदान गर्नेछ। कन्या राशिका लागि शुभ रङ गाढा हरियो हुनेछ । यो रङ सुख र समृद्धिको प्रतीक मानिन्छ। २०८१ सालमा निलो रङको प्रयोग पनि तपाईंको लागि राम्रो रहनेछ।

उपाय- ॐ गम गणपताय नम १०८ पटक हरेक बिहान जप गर्नुस् । शनिबार सडकका कुकुरलाई खाना दिने बानी गर्नुस् ।

तुला राशि

तुला राशिका लागि नयाँ वर्षले शुभ फल दिनेछ । यो बर्ष धेरै सजिलो तरिकाले पैसा कमाउने अवसर प्रदान गर्नेछ। व्यवसायमा असफल भएपछि जागिर खोज्नेहरूले आफ्नो रोजाइको जीविका पाउनेछन् । लामो समयदेखि पारिवारिक तथा परम्परागत व्यवसायमा घाटा भोग्दै आएका व्यापारीले यो वर्ष राहत पाउने भएका छन् ।

राजनीति, सरकारी सेवा र निजी क्षेत्रमा काम गर्नेहरूलाई राम्रो आम्दानीको श्रोत बन्ने छ । दशैं पछि विदेश भ्रमणको अवसर मिल्नेछ । रोजगारी भएका व्यक्तिहरुको उन्नति हुनेछ । व्यवसायीले पनि आफ्नो मिहिनेत अनुसार मनग्ये लाभ प्राप्त गर्नेछन् । यो राशि भएका महिलाहरूले शिक्षा, राजनीति र समाजसेवाको क्षेत्रमा विशेष सफलता प्राप्त गर्नेछन्। दाम्पत्य जीवन सुखद रहनेछ। विद्यार्थीका लागि यो वर्ष राम्रो रहेको छ । तपाईले इच्छित परिणाम प्राप्त गर्नुहुनेछ । किसानहरु सफल हुनेछन्।

यो वर्ष तपाईंले आफ्नो जीवनमा परिवर्तनहरू देख्नुहुनेछ । अनावश्यक भ्रमण हुने छ । तपाईको मान सम्मान बढ्नेछ । परिवार र प्रेम साथीसँगको सम्बन्धमा ध्यान दिनु होला बिग्रन सकछ। महिलाहरुलाइ सम्मान गर्नु फाइदाजनक हुनेछ । नया सम्बन्धहरु बन्ने छन । यस राशिको स्वामी शुक्र हो। त्यसैले आगामी वर्ष यस राशिका व्यक्तिका लागि शुभ रङ सेतो र हल्का पहेँलो हुनेछ । यो रङधारण गर्नाले तपाईको जीवनमा सुख र शान्ति आउनेछ।

उपाय- ऊँ द्रां द्रीं द्रौं सः शुक्राय नमः को हरेक दिन १०८ पटक जप गर्नुस् ।शुक्रबार वृद्धआश्रममा महिनामा एकपटक खिर दान गर्नुस् ।

वृश्चिक राशि

वृश्चिक राशिका लागि नय वर्ष राम्रो रहनेछ । तपाईले यो नयाँ वर्षमा लगानी गर्न सक्नुहुन्छ । लगानीमा राम्रो प्रतिफल प्राप्त हुनेछ । नयाँ वर्षमा तपाईंले आफ्नो पैसा घर वा सम्पत्तिमा लगानी गर्न सक्नुहुन्छ । नयाँ घरमा सर्न सक्नुहुनेछ । जागिरको नयाँ ठाउँमा परिवर्तन योग छ । चल/अचल सम्पत्ति खरिद बिक्रि गर्नु हुनेछ ।परिवारमा माङ्गलिक काम हुने छ । पुराना समस्या हरु सकिने छन् । पुरानो व्यवसायसँग जोडिएका व्यक्तिहरूले दिनरात नयाँ समस्याको सामना गर्नुपर्नेछ।

सामाजिक समस्याहरूको बाबजुद तपाईंको मनोबल राम्रो रहने छ । ग्रहहरू अनुकूल रहेमा छिटपुट व्यापारबाट पनि ठूलो आर्थिक लाभ हुनेछ। वर्षको अन्त्यमा केतुको गोचरले उत्कृष्ट माध्यमबाट आर्थिक लाभ ल्याउनेछ । धन र सम्मान प्राप्त गर्नुहुनेछ । वृश्चिक राशिका महिलाहरुलाई यो वर्ष स्वरोजगार क्षेत्रमा सफलता दिनेछ । कस्मेटिक व्यापारबाट लाभ हुनेछ। शिक्षामा सफलता मिल्ने सम्भावना छ । वैदेशिक यात्राबाट आर्थिक लाभ हुनेछ । व्यापार सम्पतिमा वृद्धि हुनेछ । मङ्गल यस राशिको स्वामी हुने भएकाले यस राशिका व्यक्तिहरुका लागि रातो र मरुन रङहरु निकै शुभ रहनेछन् । यो रङको प्रयोग गरेर तपाई हरेक कठिन परिस्थितिबाट बाहिर आउन सक्नुहुन्छ।

उपाय– हरेक दिन गाई वा माछालाई चारो खुवाउनुस् ।

धनु राशि

धनु राशि भएका व्यक्तिहरुको नयाँ वर्षमा भाग्यको साथ रहनेछ । यसबाट धनु राशिका व्यक्तिहरुलाई हरेक काममा सफलता मिल्नेछ । यदि तपाईं साझेदारीमा व्यापार गर्दै हुनुहुन्छ भने २०८१ मा तपाईंको सबै मनोकामना पूरा हुनेछन्। विरोधीहरूले तपाईंको काममा बाधा पुर्याउने प्रयास गर्नेछन् तर, सबै चुनौतीलाई पार गर्न सफल हुनुहुनेछ। व्यापारमा अनुकूल परिस्थितिका कारण धन बचतमा सफलता मिल्नेछ । विदेश यात्रा पनि गर्न सकिनेछ । नयाँ वर्षमा तपाईको परिवारप्रतिको आकर्षण बढ्नेछ र आमाबुवासँगको सम्बन्ध प्रगाढ हुनेछ । परिवारका सदस्यहरूबीच आपसी सहयोग र माया रहनेछ । यो वर्ष तपाईंको आम्दानी पहिलेको तुलनामा धेरै बढ्नसक्छ, एकदम श्रेष्ठ समय छ ।

तपाईको मानसम्मानमा पनि वृद्धि हुनेछ, स्वास्थ्यको दृष्टिले यो वर्ष तपाईंको लागि राम्रो रहनेछ । पूराना रोगबाट मुक्ति मिल्नेछ । नयाँ सहरको यात्रा हुने छ । नयाँ काम गर्न थाल्नु हुनेछ । यो वर्ष नयाँ बस्तुहरु किन्ने योग बनेको छ । अप्रत्याशित यात्रामा खर्च हुनुका साथै शारीरिक कष्ट पनि हुनेछ । अत्याधिक क्रोध उत्पन्न हुनेछ र कुनै पनि काम बिग्रन सक्छ, त्यसैले धैर्य राख्नुहोस् । केहि चीजहरू हुनेछन् जसको कारण तपाईंको रोकिएको पैसा प्राप्त हुनेछ, आर्थिक अवस्था बलियो रहनेछ । काम गर्ने महिलाका लागि धन आर्जनसँगै पदोन्नतिको सम्भावना छ । पुरानो सम्पत्ति विवाद सुल्झनेछ र सम्पत्ति मिल्नेछ । यस राशिको स्वामी बृहस्पति हो। २०८१ मा धनु राशिको शुभ रङ पहेंलो हुनेछ। यस राशिका व्यक्तिहरूले सकेसम्म पहेँलो रङको प्रयोग गर्नुपर्छ ।

उपाय– ॐ नम शिबायको नियमित जप गर्नुस् ।

मकर राशि

मकर राशिका लागि नयाँ वर्ष तनाव कम गर्ने छ । तपाईंको समस्याको अन्त्य हुनेछ । अधुरा काम पुरा हुनेछन् । यो वर्ष प्रतिद्वन्द्वीबाट सजग रहनुपर्ने देखिन्छ । नयाँ शहरको यात्रा हुने छ । कार्यस्थलमा परिवर्त्न हुने छ । नयाँ सम्बन्धहरु बन्ने छन् । परिवारका सदस्य र व्यापार व्यवसायमा संलग्नताका कारण मनमुटाव हुनेछ। विदेशमा रहेका आफन्तजनबाट लाभ र वैदेशिक यात्राको सम्भावना छ । उत्तरार्ध कुनै शुभ कार्यमा खर्च हुनेछ । राम्रो व्यक्तिको सहयोगले कुनै ठूला रोकिएको काम पूरा हुनेछन्। व्यवसायिक क्षेत्रका व्यापारीबाट केही भ्रमपूर्ण स्थिति उत्पन्न हुन सक्छ, तर तपाईंले आफ्नो ज्ञान र कार्य कौशलले ती सबै गलत धारणाहरू हटाउनुहुनेछ र आफ्ना प्रतिद्वन्द्वीहरूलाई जित्नुहुनेछ ।

उच्च प्रशासनिक अधिकारीको सहयोगले कानुनी पक्षले नयाँ मोड लिनेछ र जनतासामु आफ्नो विचार दृढतापूर्वक प्रस्तुत गर्न सफल हुनुहुनेछ । जिम्मेवारीमा अचानक वृद्धिले असहज स्थिति सिर्जना गर्न सक्छ, तर नडराउनुहोस् । महिलाको तयारी पोशाक तथा सौन्दर्य प्रसाधनको व्यापारबाट मनग्ये आम्दानी हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । तर, सन्तानसँग सम्बन्धित केही चिन्ताहरू रहनेछन् । पैतृक सम्पत्तिबाट लाभ हुनेछ । छोरा र नातिनातिनाबाट नयाँ सम्पत्ति तथा सवारी साधनको खरिद हुनेछ । मकर राशिको स्वामी शनि हो। शनि ग्रहको स्वामी भएकाले यस राशिको शुभ रङ मुख्यता कालो वा गाढा नीलो हुनेछ। मकर राशिका लागि पनि मरुन रङ पनि फाप्ने छ ।

उपाय- हनुमान चालिसा नियमित जप गर्नुस् । नेत्रविहीनहरुलाई महिनामा एकपटक भोजन दान गर्नुस् ।

कुम्भ राशि

कुम्भ राशिका लागि नयाँ वर्षले शुभ फल दिनेछ । यो वर्ष शुभ समाचार दिन सक्छ। तपाईंको परिवारमा नयाँ सदस्य थपिन सक्छन् । अधुरा काम पूरा हुनसक्छ । नयाँ साझेदारी थपिने छन् । नयाँ काममा पुँजी लगानी हुनेछ । तपाईंको स्वभावमा क्रोध र अहंकार बढ्न सक्छ, जसले परिवारमा अशान्ति ल्याउन सक्छ । नोकरी वा व्यापारको क्षेत्रमा पनि संघर्षको सामना गर्नुपर्नेछ । शुभकर्मको प्रभावले सफलता मिल्नेछ। मानसिक परिश्रमबाट अपेक्षित सफलता मिल्नेछ । तपाईंको कार्यालयमा काम र अधिकार बढाउनेछ। कुनै नयाँ सम्झौताबाट अचानक आर्थिक लाभ हुनेछ।

हराएको कुनै पनि बहुमूल्य वस्तु फेला पर्नेछ। व्यापारिक वर्गले तीव्र मन्दीबाट लाभ उठाउनेछ । उद्योगीले आफूले राखेको कच्चा पदार्थको मूल्य बढाएर नाफा कमाउनेछन् । काम जहाँ भएपनि तपाईको प्रभुत्व बढ्नेछ । वैवाहिक जीवन शान्ति, समृद्ध र सुखमय हुनेछ । विद्यार्थीका लागि यो वर्ष शुभ रहेको छ । यो राशिको स्वामी शनि पनि हो। २०८१ मा यस राशिको शुभ रङ पनि कालो वा गाढा नीलो हुनेछ । कुम्भ राशिका व्यक्तिहरूले यी रङहरूको प्रयोगबाट धेरै फाइदा हुनेछ।

उपाय – हनुमान चालिसाको नियमित पाठ गर्नुस् । नियमित चराचुरुङ्गी तथा परेवालाई दाना दिनुस् ।

मीन राशि

मीन राशिका मानिसका लागि नयाँ वर्षले खुशी ल्याउनेछ । तपाईंका धेरै कठिनाइहरू यस वर्ष समाप्त हुनेछन् । आर्थिक लाभ मिल्नेछ । व्यवसायलाई नयाँ उचाइमा पुर्याउन सफलता मिल्नेछ । जोखिम पुर्ण कामहरुमा सजगता अपनाउनुहोला । नयाँ वर्षमा कामदारले आफ्नो कार्यस्थलमा मान सम्मान प्राप्त गर्नेछन्। करियरमा प्रगतिको सम्भावना छ । शत्रुहरूमाथि विजय प्राप्त हुनेछ र धार्मिक यात्राको अवसर पनि मिल्नेछ । यदि तपाईं पहिले नै कुनै रोगबाट पीडित हुनुहुन्छ भने, तपाईंको स्वास्थ्यमा यो वर्ष सुधार हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ र परिश्रमबाट पछि हट्ने छैन । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुको मनोकामना २०८१ मा पूरा हुनेछ । तपाईंका सबै काम इमानदारीपूर्वक पूरा हुनेछ । यो समय मीन राशिका मानिसहरु धन आर्जनमा व्यस्त रहनेछन् । आफ्नो आर्थिक स्थिति सुदृढ गर्न आफ्नो जीवनसाथी र दाजुभाइबाट सहयोग प्राप्त हुनेछ ।

आयात–निर्यातसँग जोडिएका मीन राशिका व्यक्तिहरूले बारम्बार सफलताको अवसर प्राप्त गर्नेछन्। ग्रहको अनुकूलताले सांसारिक सुख प्राप्तिको साधन बढ्नेछ र दाम्पत्य जीवन राम्रो रहनेछ। यो वर्ष घरजग्गाबाट गत वर्षको तुलनामा बढी लाभ मिल्नेछ । यस राशिको स्वामी बृहस्पति हो। बृहस्पतिको शुभ रङ पहेंलो हो। २०८१ सालमा मीन राशिका मानिसहरूका लागि पहेँलो रङ धेरै लाभदायक हुनेछ। यो रङले तपाईको जीवनमा शुभता ल्याउने छ।

उपाय – ॐ नमो भगवते बासुदेबाय नमको १०१ पटक जप गर्नुस् । गरिबलाई कपडा दान गर्नुस् ।

Logo