सुदूरपश्चिमका सबै क्षेत्रमा विद्युत सुचारु हुन दुई साता लाग्ने

सुदूरपश्चिमका सबै क्षेत्रमा विद्युत सुचारु हुन दुई साता लाग्ने

केन्द्रबिन्दु
0
Shares

धनगढी । बिहीबार साँझ आएको हावाहुरीका कारण कैलाली र कञ्चनपुरमा एक हजार बढी विद्युत पोल ढलेका छन् । पोलमा क्षति पुग्दा शुदूरपश्चिम प्रदेश विद्युतविहिन बनेको छ । कञ्चनपुरमा पाँच सय पोल ढलेका छन् भने कैलालीमा त्यो भन्दा बढि पोल ढलेको प्राधिकरणले जनाएको छ।

हावाहरीको कारण पोल ढलेपछि सुदूरपश्चिमका सबै जिल्लामा बिहीबार साँझदेखि विद्युत सेवा अवरुद्ध भएको विद्युत प्राधिकरण सुदूरपश्चिमले जनाएको छ । आज क्षति संकलनको काम भएको र मर्मतको कार्य धेरै स्थानमा भोली देखि मात्रै सुरु हुने विद्युत प्राधिकरण सुुुुदूरपश्चिमका प्रमुख सतिश कर्णले जानकारी दिए ।

रुख ढलेपछि तार र पोलमा ठुलो क्षति पुगेको उनको भनाई छ । सुरुमा शहरी क्षेत्रमा विद्युत सुचारु गर्ने प्रयास भईरहेले केही स्थानमा भने छिट्टै विद्युत सुचारु हुने कर्णले बताए ।

Skip This
Skip This
Logo