ठमेलको होटेल भियानामा सीआईबीको छापा, तीन जना नियन्त्रणमा

ठमेलको होटेल भियानामा सीआईबीको छापा, तीन जना नियन्त्रणमा

केन्द्रबिन्दु
84
Shares

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौं ठमेलस्थित भियाना होटेलमा छापा मारेको छ ।

हुण्डी कारोबारको आशंकामा सीआईबीले मंगलबार छापा मारेको हो । जसमा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।

सुन तस्करी प्रकरणमा हाल पुर्पक्षमा थुनामा रहेका चिनियाँ मुलका बेल्जिम नागरिक दावाकी श्रीमती अमला रोकाको नाममा उक्त होटल दर्ता रहेको पाइएको छ । यसअघि पनि उक्त होटलमा प्रहरी र राजश्व अनुसन्धान विभागले छुट्टाछुट्टै छापा मार्दै आएका थिए ।

Logo