अदालतको फैसलालाई अटेर गर्ने बुढानिलकण्ठका मेयरलाई एक महिना कैद

अदालतको फैसलालाई अटेर गर्ने बुढानिलकण्ठका मेयरलाई एक महिना कैद

केन्द्रबिन्दु
238
Shares

अदालतले गरेको फैसलाको सम्मान नगरी अवज्ञा गरेको भन्दै काठमाडौंका बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीलाई एक महिना कैद सजाय तोकिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले आइतबार बुढानिलकण्ठका मेयर अधिकारीसहित वडाध्यक्षहरू नवराज भट्टराई, सुमन तामाङ र चन्द्रमान श्रेष्ठलाई कैद सजाय सुनाएको हो।

बुढानिलकण्ठ नगरका स्थानीयले आफ्नो निजी जग्गामा स्थानीय सरकारले प्रयोग गरेको तर त्यहाँबाट नहटेको भन्दै अदालतमा निवेदन दिएका थिए। यस सम्बन्धमा अदालतले जग्गा छाड्न आदेश दिइसकेको थियो। तर त्यस आदेशको पनि अवज्ञा गरेको भन्दै परेको रिटमा उनीहरुलाई कैद सजाय सुनाइएको हो ।

Logo